Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोलुखुम्बुको नेलेका अग्नी पीडितलाई ५८ लाख बढी रकम हस्तान्तरण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २१ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ नेलेका अग्नी पीडित परिवारलाई ५८ लाख भन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नेले विकास समाजका अध्यक्ष रोशन बाबु थुलुङको उपस्थितिमा भएको एक कार्यक्रमकाबीच अग्नी पीडित सहयोग समितिमार्फत विभिन्न सहयोगी व्यक्तिहरुबाट संकलन भएको ५८ लाख १० हजार ३ सय १५ रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । नेले विकास समाजले मात्रै १३ लाख ४९ हजार ६ सय ८० रुपैयाँ संकलन गरेको हो ।

उक्त सहयोग रकम आगलागीबाट पूर्ण रुपमा घरमा क्षति भएका गणेश बस्नेतलाई १२ लाख ८७ हजार ८ सय १३ रुपैयाँ, कल्पना बस्नेतलाई ११ लाख ६७ हजार ५ सय ४८ रुपैयाँ, बुद्धिबहादुर कार्कीलाई ११ लाख २२ हजार ८९ रुपैयाँ, रमेश बस्नेतलाई १० लाख २४ हजार ८ सय ८१ रुपैयाँ र आंशिक क्षति भएका प्रणय राईलाई ५ लाख ४९ हजार ५ सय ३६ रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।

त्यस्तै, भाडामा बसेका मिंमार तामाङलाई २ लाख ७१ हजार ६३ रुपैयाँ, मोहन भुजेललाई १ लाख ३० हजार ६ सय २३ रुपैयाँ, बुद्धिबहादुर केसीलाई ७६ हजार ३ सय ५२ रुपैयाँँ, सुरेन्द्र कार्कीलाई ४० हजार २ सय ८० रुपैयाँ, हेमन्त बस्नेतलाई २० हजार १४० रुपैयाँ, भिमकुमारी बस्नेतलाई २९ हजार ३ सय ४६ रुपैयाँ, विक्रम बस्नेतलाई १३ हजार ८ सय १० रुपैयाँ र ङवाङगिर्मी शेर्पालाई १६ हजार ६ सय ८७ रुपैयाँ हस्तान्तरण गरिएको वडा अध्यक्ष एवं सहयोग संकलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो ।

समितिको कोषमा देश तथा विदेशबाट संकलित रकम क्षतिको आधारमा विभाजन गरी हस्तान्तरण गरिएसँगै अब सहयोग संकलन कार्य सकिएको अध्यक्ष सुनुवारले बताउनुभयाे । गत पुस ५ गते दिउँसो करिब ४ बजे वडा नम्बर १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा ४ घर पूर्णरुपमा जलेर नष्ट भएका थिए । केही घरहरुमा भने आंशिक क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४