Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”मा दुई धार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २० २०७९
  • 7.3K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधानसहित गृह मन्त्रालय पाउनुपर्ने अडान यथावत् राखेको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पूर्वसहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको स्वभाविक दाबी भएको निष्कर्ष निकालेको हो ।

यही निष्कर्ष अनुसार रास्वपाले तत्काल सरकार नछोड्ने बरु पार्टीको निर्णय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राख्ने निर्णय गरेको छ । गृह मन्त्रालय नपाएको झोँकमा सरकारबाट बाहिरिने चेतावनी दिइरहेका सभापति रवि लामिछानेलाई पार्टीका बहुमत सांसद र केन्द्रीय सदस्यले हतारमा निर्णय गर्न नहुने भनी रोकेका छन् ।

महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार फेरि पनि रास्वपा गृह मन्त्रालयको अडानबाट पछि हट्ने छैन । उनले रास्वपाले गृह मन्त्रालय पाइराख्दा व्यक्ति को पठाउने भन्ने विषयमा पनि पार्टीले निर्णय लिने बताएका छन् । ‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । यो अडानबाट हामी पछाडि हट्दैनौँ । र, पार्टीबाट को व्यक्ति पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो । अन्य व्यक्ति वा पार्टीले यो पठाउनुपर्छ भन्ने होइन,’ उनले पत्रकारहरूसँग भने ।

गृह मन्त्रालय पाउँदा सांसद कि गैरसांसद पठाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता ढकालले भने, ‘जब प्रधानमन्त्रीले हाम्रो सभापतिलाई मन्त्रीको लागि नाम पठाउनुस् भन्नुहुन्छ । त्यसपछि पार्टी बैठक बस्छ र निर्णय गर्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”नेतृत्वको सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए । तर, नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि उनी उपप्रधान तथा गृहमन्त्रीबाट पनि पदमुक्त भएका छन् । लगत्तै नागरिकता लिएका लामिछानेले फेरि उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहन्छन् ।

यो चाहना पार्टीको बैठकमा पार्टी सभापति रवि लामिछानेले व्यक्त गर्दा रास्वपाका अन्य सांसदहरूले गृह मन्त्रालय लिने प्रयास अधिकतम गर्नुपर्ने तर, यसैलाई देखाएर सरकारबाट बाहिरिने निर्णय लिनु उपयुक्त नहुने बताएका छन् ।

रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की अहिले सरकारबाट बाहिरिँदा भागबन्डा नमिलेर हिँडेजस्तो सन्देश जाने हुँदा यसबारे थप छलफल गरेर निर्णय गर्ने कुरा भएको बताउँछन् । उनका अनुसार सरकार छाड्ने कि नछाड्ने भनेर थप छलफल गर्नुपर्नेमा सबैको साझा धारणा बनेको छ । ‘हामी अहिले नै सरकारबाट बाहिरिँदा नराम्रो सन्देश जान्छ । भागबन्डा नमिलेर हिँडेजस्तो हुन्छ,’ उनले भनेका छन् , ‘मन्त्रीहरूको काम राम्रो हो कि नराम्रो हो भनेर अहिले नै भन्न सकिएको छैन । तर जनताले सोचेजस्तो भएको छैन । त्यसैले अझै छलफल गरौँ भन्नेमा सबैको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४