Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलेसियाका गृहमन्त्री नेपाल आउनुका दुई उद्देश्य


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १९ २०७९
  • 1.8K
    SHARES

काठमाडौँ । तीन दिने भ्रमणका लागि मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इजमायल आज नेपाल आउँदैछन् । साँझ ७ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् ।

गृह मन्त्रालयको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणको क्रममा उनले गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल लगायतसँग भेट गर्नेछन् ।

उनको नेपालमा भ्रमणमा के कस्ता विषयमा छलफल हुने भनेर तय भइसकेको छ । नेपाल भ्रमणको क्रममा श्रम सम्झौताका विषयमा समेत छलफल हुनेछ । नपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो । सरकारले विभिन्न देशसँग भएका श्रम सम्झौताहरू पुनरावलोकन गर्दै लैजाने नीति ल्याएको छ । सोही आधारमा मलेसियासँग पनि समयसापेक्ष परिमार्जनको विषय उठ्नेछ ।

नेपाल भ्रमणको उद्देश्य

नेपाल भ्रमणमा आउनुमा मलेसियाको पनि छुट्टै स्वार्थ छ । मलेसियाले पछिल्लो समय कामदारको अभाव खेप्दै आएको छ । कोरोना महामारीपछि मलेसियाको अर्थतन्त्र सुधारतर्फ गइरहेको छ । विगतमा बन्द रहेका उद्योगधन्दा खुल्न थालेका छन् । नयाँ नयाँ उद्योगभन्दा पनि खुल्ने क्रम जारी छ । यस्तो अवस्थामा मलेसियामा तत्काल ५ लाखभन्दा बढी कामदार चाहिन्छ ।

मलेसिया पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुक बन्दैछ । मलेसियामा रोजगारीका पर्याप्त अवसर पाउनुका साथै तलब भत्ता समेत बढी पाउने भएपछि नेपालीहरूको रोजाइमा पर्न थालेको हो ।

मलेसियाका लागि नेपाली राजदूत दिल्लीराज पौडेलका अनुसार यो भ्रमण श्रम मन्त्रालय र गृह मन्त्रालयको संयुक्त भ्रमण हो । यसमा गृहमन्त्री इजमायलले नेतृत्व गर्न लागेका हुन् ।

भोलि (शुक्रबार) दिनभर औपचारिक कार्यक्रम र भेटघाटका कार्यक्रम तय भएका छन् । त्यसपछि उनी पर्सी (शनिबार) स्वदेश फर्किनेछन् । मलेसियाले हाल ‘रिक्यालिब्रेशन प्रोग्राम’ ल्याएको छ । यस प्रोग्राम अन्तर्गत मलेसियामा अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई आममाफी दिने रहेको छ ।

‘कोही विदेशी कामदार अवैधानिक रूपमा बसेका छन् भने उनीहरूलाई आम माफी दिएर कानुनको मूल धारमा ल्याउने उनीहरूलाई वैधानिक हुन अवसर दिने कार्यक्रममा मूल आशय हो,’ राजदूत पौडेलले भने ।

मलेसियाले पछिल्लो समय आफ्नो देशमा काम गर्न बसेका विदेशी कामदारहरूलाई बढी प्राथमिकतामा दिएको छ र उनीहरूको हकहितका लागि विभिन्न कार्यक्रम ल्याएको छ ।

आममाफी दिनको लागि मलेसिया सरकारले कानुनी मापदण्ड समेत तय गरेको छ । उक्त मापदण्ड अनुसार परेका सबै विदेशी कामदारले आममाफी पाउनेछन् । र वैधानिक भएर घर फर्किनुको साटो त्यही काम गर्न पाउनेछन् ।

‘सामान्यतया परिस्थितिले बाध्य भएर परिबन्धमा परेर गैरकानुनी भएकाहरूलाई वैधानिक बनाउने उनीहरूको मापदण्ड छ । त्यही आधारमा त्यो मापदण्ड पुरा गर्नेले उक्त प्रोग्राममा सहभागी हुन पाउँछन् । यो कामदार केन्द्रित उनीहरूको फाइदाको लागि हो,’ राजदूत पौडेलले भने ।

मलेसियाको अर्को ‘लेबर रिल्याक्सेसन प्लान’ छ । त्यो भनेको ठुलो सङ्ख्यामा विदेशी कामदार ल्याउने हो । मलेसियाले तत्काल ५ लाख थप कामदारको माग गरेको छ । त्यो नेपालसहित विभिन्न १५ देशबाट ठुलो मात्रामा कामदार माग गर्दै आएको छ । मलेसियाले नेपालसहित भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्स लगायतका मुलुकबाट बढी सङ्ख्यामा कामदार लैजाने गरेको छ ।

मलेसियाले नेपालबाट पनि ठुलो सङ्ख्यामा कामदार पाउने अपेक्षा राखेको छ । सोही आधारमा मलेसियाका गृहमन्त्रीको टोली नेपाल भ्रमणमा आएको हो ।

‘कोरोना महामारीपछि मलेसियाको अर्थतन्त्र बिस्तारै खुल्दैछ । बन्द भएका उद्योगधन्दाहरू खुल्दैछन् । नयाँ कम्पनीहरू पनि थपिँदैछन् । यो अर्थमा उनीहरूलाई ठुलो सङ्ख्यामा कामदार चाहिएको छ । अर्थात् सामान्य तरिकाभन्दा अलि विशिष्टीकृत तरिकाले ठुलो सङ्ख्यामा चाहिएको छ । ठुलो सङ्ख्यामा लैजाने कार्यक्रम छ,’ उनले भने ।

नेपाल भ्रमणको क्रममा उनीहरूले आफ्नो प्रोग्रामको बारेमा नेपालका सरोकारवालासँग जानकारी गराउने, छलफल गर्ने र कसरी अगाडि बढ्न सकिन्छ भनेर कार्यक्रम तय गर्ने भ्रमणको प्रमुख उद्देश्य रहेको उनको भनाई छ ।

त्यो बाहेक प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत गृहमन्त्रीसँगको भेटका लागि तयारी थालेको छ । उनीसँगको भेटको क्रममा नेपालले नेपाली कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको व्यवस्था लगायतका विषय उठान गर्ने मन्त्रालयले जनाएको छ ।

मलेसियामा ३ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छ । मलेसियाले घरेलु कामदार समेत माग गर्ने जनाएको छ । उक्त विषयमा नेपाली अधिकारीहरूसँग छलफल गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४