Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघीयताविराेधी अभिव्यक्ति दिने मन्त्रीहरुलाई सांसद बस्नेतकाे चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १८ २०७९
  • 3.6K
    SHARES

काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरित फेरी टिप्पणी गरे स्विकार्य नहुने चेतावनी दिनु भएको छ ।

सरकारका केही मन्त्रीहरुले संघीयताविरुद्ध अभिव्यक्ति दिइरहेका बेला उहाँको यस्तो यस्तो धारणा राख्नु भएको हो ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरी नगर्न सचेत गराउनु भयो ।

उहाँले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरुले त्यस्ता खालका गल्ती गर्न नहुने स्पष्ट पार्नु भयो ।

सांसद बस्नेतले भन्नु भयो, ‘संसदमा यो विषयमा बहस एक हदसम्म स्विकार्य पनि छ । सडकमा यसको बहस एक हदसम्म स्विकार्य पनि होला । हरेकले आ–आफ्नो मूल्य र मान्यतालाई स्विकार गरेर अघि बढलान । सरकार संविधानको कार्यान्वयन गर्ने संस्था क्याविनेट र क्याबिनेटका सदस्यहरुले संविधान संविधानका मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्विकार्य हुन सक्दैन । र, यस्ता प्रकारका गल्तीहरु आगामी दिनमा नहून । यस्ता कुराहरुलाई सच्याईयोस् भन्ने कुरा सभामुख महोदयमार्फत राख्न चाहन्छु।’

सांसद बस्नेतले राजनीतिक दलहरुलाई आ–आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भएपनि सरकारमा रहेका मन्त्रीहरुलाई जथाभावी बोल्ने अनुमति संविधानले नदिएको पनि स्मरण गराउनु भयो । उहाँले परिवर्तनकारी शक्तिहरुलाई स्विकार गर्ने आँट नभएकाले पनि मुलुकमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा भने परिवर्तन आउन नसकेको दावी समेत गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४