Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डको ब्रिफिङ सुनेपछि देव गुरुङले भने : गृह मन्त्रालयमा विकल्प खोज्ने हो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १८ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् ।

‘(गृहमन्त्री कसलाई बनाउने) दबाव दिने कुरा भएको छैन, हुनुहुँदैन । यसबारे छुट्टै परामर्श लिन परेन । प्रधानमन्त्रीको कुरा हो’ बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ब्रिफिङ सुनेपछि गुरुङले भने ।

अब गृहमन्त्री बनाउँदा विकल्प खोज्नुपर्ने अवस्था आएको पनि महासचिव गुरुङ बताउँछन् । ‘विकल्प खोज्ने हो । पात्र फेर्नुपर्‍यो । मन्त्रालय फेर्नुपर्‍यो’ महासचिव गुरुङले दोहोर्‍याए, ‘(गृहमन्त्रीका विषयमा) छुट्टै परामर्श लिनपरेन । प्रधानमन्त्रीको कुरा हो ।’

सर्वोच्च अदालतले गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमाएका थिए । त्यसपछि रविले प्रक्रिया पुर्‍याएर नागरिकता पनि लिइसकेका छन् । त्यसपछि उनले आफूलाई पुन गृहमन्त्री बनाउन दबाव दिइरहेका छन् ।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका छन् । यही विषयमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग समेत छलफल गरिसकेका छन् ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको भेटबारे प्रधानमन्त्री प्रचण्डले बुधबार पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई ब्रिफिङ गरेका छन् । ब्रिफिङपछि माओवादीका महासचिव देव गुरुङले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका हुन् ।

सरकार बनाउँदा रास्वपाले गृह मन्त्रालय पाएको सन्दर्भ र अहिलेको सन्दर्भ फेरिएको उनको तर्क छ । गृहमन्त्री बनाउँदा कानुन र संविधानको भावनालाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

रवि लामिछानेलाई गैर सांसदको रुपमै भएपनि गृहमन्त्री बनाउनुपर्ने राय दिनेहरुलाई उनको जवाफ छ, ‘कानुन संविधानको भावना हेर्नुपर्‍यो । अदालतमा पुगेको विषय पर्‍यो । मन्त्रालय फेर्ने कुरा भएको भए कुरा एउटा हुन्थ्यो । आदालतको विषयमा सरकारले केही गर्ने कुरा भएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४