Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर बिजोग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १८ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमै ढल फुटेर बिजोग भएको छ ।

हिजो मंगलबारदेखि बगेको फोहोर आज बुधबार बिहानसम्म सफा गरिएको छैन । ढलबाट निस्किएको फोहोरले बाटो हिलाम्य छ । त्यही माथिबाट गाडीहरु गुड्दा अनामनगर घट्टेकुलो चोकसम्मै सडक फोहोर भएको छ । पैदलयात्रुहरुलाई बाटो छिचोल्नै कठिन भएको छ ।

एक जना स्थानीयले त्यही फोहोरमा चिप्लिएर दुई जना मानिस लडेको देखेको बताए । ‘दुई जना मानिसहरु ढलमा चप्लिएर लडेको मैले देखें । सडक पूरै फोहोरै फोहोर छ, तर सफा गरिएको छैन,’ प्रत्यक्षदर्शी बुद्ध परियारले भने ।

पूर्वी गेटबाट कार्यालय समय सुरु हुने बेला कर्मचारीहरुलाई प्रवेश दिइन्छ । त्यही बाटो हुँदै कार्यालय समय सकिएपछि सिंहदरबारबाट बाहिरिन पाइन्छ । अरु बेला पूर्वी गेट बन्द हुन्छ ।

आज बिहान कार्यालय समयमा सिंहदरबार प्रवेश गर्दा फोहोरले सास्ती व्यहोरेको एक कर्मचारीले बताए । ‘कपडा र जुत्तामा फोहोर लाग्यो, अरु साथीहरुको अवस्था पनि मेरो जस्तै थियो,’ ती कर्मचारीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४