Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि उम्मेदवार बने हराएर पठाउने चितवन कांग्रेसको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १७ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुन उम्मेदवार भए हराएर पठाउने चितवन कांग्रेसले दाबी गरेको छ ।

नेपाली कांग्रेसका चितवन सभापति राजेश्वर खनालले चितवन–२ मा हुने उपनिर्वाचनमा रवि उम्मेदवार भए कांग्रेसका लागि सहज हुने बताएका छन् ।

‘३२ दिनमा गृहमन्त्री हुँदा उहाँले के गर्नुभयो । चितवनका मतदाताले बुझिसकें,’ खनालले भने । नागरिकता र दोहोरो पासपोर्टको मुद्धा मतदाताले बुझिसकेको उनले बताएका छन् ।

नयाँ दल र रविको तरंगले मतदाता भ्रममा परेपनि उपनिर्वाचनमा उक्त भ्रम तोडिने खनालले दाबी गरेका छन् । नेपाली कांग्रेस निकट चितवन–काठमाडौं सम्पर्क समितिले गरेको पत्रकारसँगको भेटघाटमा उनले भने,‘गठबन्धन गरे जितिहालिन्छ नि भन्ने नेपाली कांग्रेसलाई भयो । कार्यकर्तामा हार्मोनी पनि हुन सकेन ।

सभापति शेरबहादुर देउवालाई भेटेर चितवन-२ को उप निर्वाचनका बारेमा दुई दिन अघि छलफल गरेको उनले बताएका छन् । उम्मेदवारको आकांक्षी आफू रहेपनि जिल्ला सभापति भएको हुँदा अघि सरेर दाबी गर्न नमिल्ने खनालले सुनाएका छन् । जुनसुकै व्यक्तिलाई टिकट दिएपनि पार्टीका आन्तरिक संरचनामा प्रतिस्पर्धा गरेकालाई उम्मेदवार बनाउन सभापतिलाई सुझाव दिएको उनले बताएका हुन् ।

गत निर्वाचनमा चितवन–२ बाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । श्रेष्ठले स्थानीय तहमा हुने पार्टी भित्रको अधिवेशनमा निर्वाचित हुँदै आएका थिएनन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठलाई भौगोलिक अवस्था र कार्यकर्ता चिनाउनु पर्ने समस्या समेत पार्टीलाई उनले सुनाएका थिए । ‘बाटो र कार्यकर्ता चिनाउँदा चिनाउँदै मतदाता चिनाउन भ्याइएन,’ खनालले भनेका छन् ।

गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठलाई फराकिलो मतान्तरले हराएका थिए । रबि लामिछानेले ४९ हजार ३०० मत प्राप्त गर्दा नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले १४ हजार ९८८ र नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ मा पुन निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४