Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७ केन्द्रीय सदस्यले अध्यक्षको राजीनामा मागेपछि क्यानको बैठक अघि बढ्न सकेन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १७ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि क्यानको बोर्ड बैठक अघि बढ्न सकेको छैन ।

बैठकको सुरुमै ७ जनाको तर्फबाट ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन् ।

हामीले अध्यक्षज्युको राजीनामा माग गरेका छौं । त्यसैमा अधीन छौं । अहिले बैठक रोकिएको छ, सुरु हुन सकेको छैन,’ अध्यक्षको राजीनामा माग गरेका मध्येका एक केन्द्रीय सदस्यले भने ।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका हुन् । बैठक मंगलबार दिउँसो १२ बजेदेखि लेकसाइडस्थित होटल एल्लो प्यागोडामा भइरहेको छ ।

क्रिकेट संघको बैठक : ७ केन्द्रीय सदस्यले लिखित रुपमै मागे अध्यक्षको राजीनामा नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेका छन् ।

मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन् ।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीनामा माग गरेका थिए ।

कार्यसमिति बैठकमा पनि उनीहरुले लिखित रुपमा राजीनामा मागेका हुन् ।

अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुन् ।

उनीहरुमध्ये ६ जना कार्यसमिति बैठकस्थलमै छन् भने अस्वस्थताका कारण पोखरा नगएका पाण्डेले पनि अध्यक्षलाई बुझाएको पत्रमा हस्ताक्षर गरेका छन् ।

क्यानका अध्यक्षसहित ५ जना पदाधिकारीको राजीनामा माग

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका ७ जना कार्यसमिति सदस्यले नेतृत्वको राजीनामा मागेका छन् ।

विवादबीच गत माहिना सम्पन्न नेपाल टी–२० लिगको मुख्य साझेदारका रुपमा भारतीय कम्पनीसँग सम्झौतालगायतका महत्वपूर्ण निर्णयमा एकलौटी निर्णय गरेकोमा असन्तुष्ट केन्द्रीय सदस्यहरुले अध्यक्ष/सचिवसहित कार्यसम्पादन समितिका पाँच जनाले राजीनामा नदिए निलम्बनको कारबाही गर्न सरकारसँग मागसमेत गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, सन्जयराज सिंह, करण महतरा क्षेत्री र छुम्बी लामाले अन्तरिक रुपमा पटक पटक सचेत गराउँदासमेत आफ्नै हैकम चलाउने र जवर्जस्ती गर्ने कार्यसम्पादन समितिका पाँच जनाले राजीनामा दिनुपर्ने माग गरेका हुन् । प्रेस वक्तव्यमा सात जनाको हस्ताक्षर भए पनि अमितवीर पाण्डे र धर्मराज गिरी भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।

क्यान कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनबहादुर सिंह तथा सदस्यद्वय दुर्गाराज पाठक र पदम खड्का छन् । उनीहरुले अधिकार दुरुपयोग गरी आफूखुसी निर्णय गरेर नेपाल क्रिकेटको प्रतिष्ठा विगारेको ती सदस्यहरुको आरोप छ ।

नेपाल टी–२० लिगको व्यपारिक तथा रणनीतिक साझेदारका रुपमा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्नुअघि कार्यसमितिमा पर्याप्त छलफल नगरेको, राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक नियुक्ति गर्दा बोर्डलाई थाहै नदिएको, त्रिवि मैदान उपलब्ध रहेको अवस्थामा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट सीमित पूर्वाधार रहेको इटहरीमा लगिँदा सल्लाह नगरेकोलगायतका आरोप उनीहरुले लगाएका छन् ।

क्यानले सेभेन थ्री स्पोर्टससँग २०७७ माघमा पहिलोपल्ट समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । चर्को विवाद भएपछि २०७८ मंसिरमा बसेको कार्यसमिति बैठकले सम्झौता खारेज गर्ने निर्णय लिएको थियो ।

‘गत वर्ष मंसिरमा बसेबो बैठकमा अध्यक्ष आफैंले यो कम्पनी खराव रहेछ । यसको उद्देश्य राम्रो रहेनछ अब सम्झौता खारेज गर्नुपर्छ भन्नुभयो । हामी सबैले समर्थन ग¥यौं,’ पत्रकार सम्मेलनमा कार्यसमिति सदस्य ऋषिराम गौतमले भने, ‘फागुनमा धनगढीमा भएको साधारणसभाअघि बैठकमा एकाएक संशोधनसहित सम्झौता गर्ने प्रस्ताव आयो ।

क्यान नेतृत्वले बारम्बार फागुन १५ मा धनगढीमा भएको साधारणसभाले गरेको निर्णयअनुसार सेभेन थ्रीसँग संशोधित सम्झौता गरेको बताइरहेको छ । तर, फागुन १२ गतेको कार्यसमिति बैठकअघि नै सम्झौता भइसकेको असन्तुष्ट केन्द्रीय सदस्यहरुले बताए । उनीहरुले पत्रकार सम्मेलनमा वितरण गरेको सम्झौताको प्रतिलिपीमा १२ गते नै हस्ताक्षर भएको उल्लेख छ । सम्झौतामा क्यानका तर्फबाट अध्यक्ष चन्द र कार्यवाहक सचिव मल्लले हस्ताक्षर गरेका छन् । कोषाध्यक्ष रोशनकुमार सिंहको भने हस्ताक्षर छैन ।

केन्द्रीय सदस्यहरुले कार्यसम्पादन समितिका पाँचजना र नेपाल टी–२० लिगको सन्चालक परिषद (गभर्निङ काउन्सिल)का सदस्यहरुलाई पनि कारबाहीको माग गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट निलम्बनको जोखिम हुने गरी सरकारी हस्तक्षेपको माग आफूहरुले नगरेको पनि उनीहरुले प्रष्ट पारेका छन् ।

‘हामी नेपाल क्रिकेटको रक्षाका लागि यहाँसमक्ष आएका हौं । भित्र बसेर राखेको फरक मत र प्रयास सफल हुन सकेन । हामीले सरकारी हस्तक्षेप चाहेका छैनौं तर, गलत गर्ने व्यक्तिहरु कारबाहीको दायरामा आउनुपर्छ । माफी मागेर पुग्दैन,’ सदस्य गौतमले भने ।

नेपाल क्रिकेट संघमा १९ सदस्यीय (१७ निर्वाचित, २ राखेपबाट मनोनित) कार्यसमिति रहने व्यवस्था छ । तीमध्ये उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले गत वर्ष असोजमा राजीनामा दिएपछि उनीहरुको पद रिक्त छ । क्यान कार्यसमितिको पदावधि अर्को वर्ष असोजसम्म छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४