Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानको मस्जिदमा भएको आत्मघाती बम बिष्फोटमा पाँच दर्जन बढीकाे मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १७ २०७९
  • 1.6K
    SHARES

‘पाकिस्तानी तालिवानले लियो बिष्फोटको जिम्मा’

एजेन्सी । पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा भएको आत्मघाती बम बिस्फोटमा मृत्यु हुनेको संख्या पाँच दर्जन माथि पुगेको छ । अहिलेसम्म ६३ जनाको मृत्यु भएको पुष्टि भईसकेको छ भने अस्पताल भर्ना गरिएका डेढ सय घाइतेमा केही गम्भीर अवस्थामा रहेकाले मृतक संख्या अझै बढ्नसक्ने जनाइएको छ । मृतकहरुमा अधिकांश प्रहरी तथा सैनिक सुरक्षाकर्मीहरु रहेको बताइएको छ ।

पेशावर शहरको प्रहरी मुख्यालय नजिक रहेको मस्जिदमा प्रहरीलाई लक्षित गरि बम आक्रमण गरिएको थियो । मस्जिदमा प्रार्थनाका क्रममा अग्रपंक्तिमा रहेकाहरुको सुरक्षार्थ खटिएका प्रहरीलाई लक्षित गरी आत्मघाती बिस्फोट गराइएको थियो । बिष्फोटबाट मस्जिदको अग्र भाग समेत पुर्ण रुपमा ध्वस्त भएको छ ।

पाकिस्तानमा सक्रिय तालिवान समूहले बिष्फोटको जिम्मा लिएको छ । तहरिक–ए–तालिवान–पाकिस्तानले बिष्फोटको जिम्मा लिएको हो । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले घटनाको भर्त्सना गर्दै यसमा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

मस्जिदमा प्रार्थना गर्नेहरुका लागि तीन सय जना प्रहरीको चार लेनको सुरक्षा घेरा तोड्दै आत्मघाती आक्रमणकारी पहिलो पंक्तिमा पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४