Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेप्सेमा ४१ अंकको गिरावट, कारोबार रकम साढे ३ अर्ब नजिक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १६ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । सेयर बजारमा उच्च गिरावट भएको छ । नयाँ सरकार गठनसँगै माघ दोस्रो साताबाट बढ्न सुरु भएर २२०० अंकभन्दा माथि पुगेको नेप्से दुई साता यता सामान्य घटबढ भइरहेको थियो । सोमबार भने नेप्सेमा १.९० प्रतिशतको गिरावट भएको हो ।

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालमाथि धितोपत्रको सार्वजनिक निष्कासनको स्वीकृतिमा आर्थिक लेनदेनको आरोप लागेपछि त्यसको प्रभाव सोमबार सेयर बजारमा पनि देखिएको छ सोमबार बजार परिसूचक नेप्से ४१.१६ अंकको गिरावट हुँदा २१२७.३७ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा गिरावट हुँदा बजार परिसूचकमा करिब २ प्रतिशतको गिरावट भएको हो । होटल तथा पर्यटन उपसूचक ३.६१ प्रतिशत र वित्त कम्पनी उपसूचक ३.४२ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक २.८९ प्रतिशतले गिरावट भएको छ । त्यस्तै निर्जीवन बीमा उपसूचक २.८५ प्रतिशत र बैंकिङ उपसूचक १.१५ प्रतिशतले घटेको छ ।

नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने करिब साढे ३ अर्ब पुगेको छ । सोमबार ८८ लाख ३६ हजार ४८८ कित्ता धितोपत्र किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख १ हजारको कारोबार भएको छ । जसमध्ये सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक १७ करोड ६५ लाख ४० हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको १० करोड ४८ लाख ९३ हजार र पिपुल्स हाइड्रोपावरको ९ करोड ५६ लाख ३० हजारको कारोबार भएको छ ।सोमबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार हुँदा २०४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ९ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको सेयरमूल्यको बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयरमूल्य ५.५६ प्रतिशतले वृद्धि भएको छ ।

युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनीको सेयरमूल्य सर्वाधिक ७.१४ प्रतिशतले गिरावट हुँदा श्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ६.७१ प्रतिशत र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य ६.४४ प्रतिशतले गिरावट भएके छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४