Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछाने नागरिकता पुनःप्राप्तिका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ‘आजै नागरिकता जारी हुनसक्ने’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १५ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमनमा परेका निवर्तमान गृहमन्त्री रवि लामिछाने पुनःनागरिकता लिनको लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय पुग्नुभएको छ ।

लामिछाने अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालयमा पुग्नुभएको हो ।

लामिछाने आउनु अघिदेखि नै काठमाडौ जिल्ला प्रशासन कार्यालयमा समर्थकहरुको भिड लागेको छ ।

नागरिकता पुनः प्राप्त गर्नका लागि आवदेन सम्बन्धि सबै कागजातहरु तयार गरिएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिनुभयो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामिछानेलाई आजै नागरिकताको प्रतिलिपि उपलब्ध गराउन सक्ने बुझिएको छ ।

अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुन प्राप्तिको प्रक्रिया पूरा नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा सांसद बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उहाँको सांसदसँगै मन्त्री पद सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।

सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पद पनि गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाउनु भएको छ ।

लामिछानेले चुनाव जितेको चितवनको क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४