Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजबाट काठमाडौंका वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १५ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारबाट वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरू गर्ने भएको छ ।

पहिलो चरणमा ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने तयारी महानगरले गरेको छ । वडा नम्बर २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडा कार्यालयबाट विवरण संकलन सुरू गर्ने महानगरपालिकाले जनाएको छ ।

सुरूमा ९ वटा वडा कार्यालयबाट र पछि क्रमशः ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन नागरिकहरुले सास्ती भोग्नु परेकाले महानगरपालिकाले राष्ट्रिय पञ्जीकरण विभागसँगको समन्वयमा विवरण संकलनको काम गर्न लागेको हो ।

अहिलेसम्म सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट परिचयपत्र तयार गरी जिल्ला प्रशासन कार्यालयहरु तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाट मात्रै राष्ट्रिय परिचयपत्र वितरण गरिँदै आएको छ ।

महानगरपालिकाले नागरिकताको सक्कल प्रति, नागरिकतामा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताको प्रमाणपत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण लिएर जान भनेको छ ।

नागरिकतामा उल्लेखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाइँसराइको प्रमाणपत्रको सक्कलप्रति लैजानु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४