Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय सूचना प्रविधि केन्द्र भन्छ– सरकारी वेबसाइटमा विदेशबाट धेरै ‘ट्राफिक’ आयो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १४ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले विदेशबाट एकै पटक ह्वात्तै ट्राफिक आउँदा सरकारी कार्यालयका समस्या आएको जानकारी दिएको छ । केन्द्रका प्रवक्ता रमेश पोखरेलल नेपालबाहिरबाट एकैपटक धेरै ट्राफिक आउँदा सबै सरकारी कार्यलयका वेबसाइटमा समस्या आएको बताएका हुन् ।

विज्ञहरुले यसलाई ‘डीडीओएस अट्याकको आशंका व्यक्त गरेका छन् ।उनले डेढ घन्टायता सबै सरकारी कार्यलयका जीओभी डटएनपी वेबसाइट डाउन भइरहेको र यसलाई अबको केही समयभित्रै रिकभर गरिने बताए । उनले भने, ‘रिकभर गर्ने प्रयास भइरहेको छ । अबको ३० मिनेटभित्र सबै वेबसाइट खुल्छन् र चल्छन् ।’ यद्यपी, सरकारी वेबसाइट ह्याक भने नभएको पोखरलले बताए ।

सबै सरकारी वेबसाइट डाउन

काठमाडौँ । शनिबार नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका छन् । नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् ।

सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको छ । नेपाल टेलिकम, एनसेल र ब्रोडब्याण्ड इन्टरनेटमा समेत वेबसाइट खुलेका छैनन् ।

जीओभी डट एनपी’ डोमेनमा रहेका सम्पूर्ण वेबसाइट खोल्दा ‘This site can’t be reached’ देखाउँछ । यसबारे प्रधानमन्त्री कार्यलयमा बुझ्दा यो समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीको प्राविधिक टोलीले यसबारे काम गरिरहेको छ । प्राविधिक कारणले केही समय डाउन भएको छ । यो बन्दैछ । चाँडै सुचारु हुन्छ,’ प्रेस संयोजक सूर्यकिरण शर्माले भने ।

त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सर्भरमा समस्या आउँदा सबै सरकारी कार्यालयका वेबसाइट डाउन भएको बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘सबै कार्यालयका वेबसाइट डाउन भइरहेको छ । यसलाई छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । छिट्टै बन्छ । तर, के कारणले वेबसाइट डाउन भएको भन्नेबारे भने आर्यालले जानकारी दिएनन् ।

324045280_626339066163672_6395844882443363924_n324573831_1030983371626071_261574064905103610_n326980842_562719959076515_8796622478957402970_n327166585_925598912143648_8357794717569113244_n

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४