Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेको राजीनामाबारे नेम्बाङले भने : यसमा अलिकति पनि आत्तिनुपर्दैन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १४ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले हरेक समस्या संविधान अनुसार नै समाधान हुन सक्ने बताए ।
शहीद दिवसको अवसर पारेर नेकपा एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै रवि लामिछानेको मुद्दामा अदालतले गरेको फैसलाले सरकारमा समस्या नआउने संकेत गरेका हुन् ।

‘सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्री…, उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो नि । के हुन्छ ? यी सबै घटनाक्रमहरुलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधान अन्तर्गत हामी राजनीतिक दलले एउटा टुंगोमा पुर्‍याउँछौं’, उनले भने, ‘यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन । यस्ता कुराहरु उत्पन्न हुन्छन् । त्यो अवस्थालाई हामी सम्बोधन गर्छौं भनेर सोचेरै यो संविधान बनाइएको हो ।

प्रतिनिधिसभामा २० सिट रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन पुर्‍याउनुपर्ने प्रक्रिया पूरा नगरेको घटनामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज हुने फैसला गरेको थियो । सो घटनापछि लामिछाने गृहमन्त्रीबाट पदमुक्त भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पनि गुमाएका छन् ।

वर्तमान सरकारको महत्वपूर्ण साझेदार रास्वपा सभापतिको नागरिकता खारेज प्रकरणले सरकारमै समस्या आउने त होइन भन्ने चासो र चिन्ता भइरहेका बेला नेम्बाङले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

मिश्रित निर्वाचन प्रणालीमा कसैको पनि बहुमत आउँदैन भन्ने थाहा हुँदाहुँदै संविधानमा यस्तै व्यवस्था राखिएको भन्दै संविधानसभाका अध्यक्षसमेत रहेका नेम्बाङले भने, ‘यी सम्पूर्ण कुराहरुलाई जनताले जनताका लागि बनाएको संविधान अन्तर्गत हामी पार लगाउँछौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४