काठमाडौँ । उप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादको मुद्दामा अन्तिम सुनुवाई सकिएपछि अहिले सर्वोच्च अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको छ ।
उक्त मुद्दामाथिको सुनुवाई सकिएर फैसला सुनाउने तयारी भइरहँदा सुरक्षा तैनाथी बढाइएको हो ।
अहिले जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ । प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको प्रहरी पठाइएको छ । सर्वोच्चमै रहेको एसपीको कमाण्डको टोलीलाई सक्रिय बनाइएको छ ।