Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीसँग असन्तुष्ट हुनुको “प्रचण्ड”ले खुलाए ! कारण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १३ २०७९
  • 1.6K
    SHARES

काठमाडौँ । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड” नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । स्थायी समिति बैठकमा ब्रिफिङ गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति पालना नगरेको उनको तर्क छ । ‘संसद् विघटनको विषय संसद्मै उठाउँदा निर्वाचित प्रधानमन्त्रीको लागि अलि असहज भएको छ । विगतका कुरा सार्वजनिक रूपमा नउठाउने सहमति भएको थियो त्यो पालना भएन,’ अध्यक्ष प्रचण्डको ब्रिफिङ उद्धृत गर्दै नेकपा  माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘हामीले संसद् विघटनको विषयमा नबोल्ने भनेका थियौँ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको विषय संसद् प्रवेश गराएर सहमति पालना नगरेको नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”को असन्तुष्टि रहेको थियो । उनले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा भोलिका दिनमा समस्या निम्तिन सक्ने बताएका थिए । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल “प्रचण्ड”को भनाइ रहेको छ ।

नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बने पनि नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल “प्रचण्ड”लाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो । त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल”प्रचण्ड”ले आफूलाई विश्वासको मत दिने दलहरूको बैठक बोलाएर राष्ट्रपति चुनावका विषयमा छलफल गरेका थिए ।

राष्ट्रपतिमा नेकपा एमालेले दाबी गर्दै आएको छ भने नेपाली कांग्रेस पनि आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दहाल “प्रचण्ड”ले राष्ट्रपति चुनावका विषयमा नेताहरूको धारणा माग गरेका थिए । राष्ट्रपति निर्वाचनमा पार्टीले लिने निर्णयबारे अध्यक्ष पुष्पकमल दहाल “प्रचण्ड”ले नेताहरूको धारणा मागेका हुन् ।

राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा किन जोड ?

बैठकमा नेताहरूले राष्ट्रपतिको उम्मेदवार सबै दलले स्वीकार्ने प्रकृतिको हुनुपर्ने मत राखेका छन् । संसद्लाई पाँच वर्ष टिकाउन र संविधानको रक्षा गर्न राष्ट्रिय सहमतिको आधारमा अघि बढ्नुपर्नेमा आफूहरूको जोड रहेको नेकपा माओबादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताएका छन् ।

राष्ट्रपतिमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरूप साझा व्यक्तित्वलाई अघि सार्न कोसिस हुने उनको भनाइ छ । ‘राष्ट्रपतिमा राष्ट्रिय सहमतिसहित जाने भनेका छौँ । राष्ट्रपति साझा पद हो । साझा पदमा सबैले सम्मान गर्ने साझा व्यक्तित्व आएको राम्रो,’ उनले भने, ‘राष्ट्रिय सहमति नेपाली कांग्रेस वा नेकपा  एमाले कसैलाई बाइपास गरेर हुँदैन । साझा व्यक्ति छानौँ भन्ने हो । प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिएजस्तै साझा रूपमा चुन्नुपर्छ । संविधानको संरक्षणका लागि पनि साझा व्यक्तिको आवश्यकता पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४