Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सम्पदा संरक्षणमा युवा पुस्ता नै लाग्नुपर्छ : मेयर बालेन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १२ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सम्पदा संरक्षणमा युवा पुस्ता नै लाग्नुपर्ने बताएका छन् । बिहीबार नेपाल खड्गी सेवा समितिका बाजा, खल तथा गुठीहरुलाई अनुदान दिँदै मेयर बालेनले काठमाडौं संस्कृति बचाउन युवा पुस्ता सक्रिय हुनुपर्ने बताएका हुन् ।

‘यो सहयोग कसैले कसैका लागि गरेको भन्दा पनि समृद्ध महानगर निर्माणका लागि आपसी सद्भावको काम गरिएको हो । सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थापन र प्रवद्र्धनमा महानगरले आफ्नो जिम्मेवारी पूरा गर्छ’ उनले भनेका छन् ।

विहीबार नेपाल खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा बाजा, खल तथा गुठीहरुलाई काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँका दरले अनुदान दिएको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा खल तथा गुठीका प्रतिनिधिहरुलाई अनुदान रकमको चेक प्रदान गरेको हो ।

नेपाल खड्गी सेवा समितिको सिफारिस भएका परम्परागत बाजा समूह तथा गुठीहरुलाई सहयोग रकम उपलब्ध गराएको महानगरले जनाएको छ ।

यस्तै कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेवार समुदाय आत्मनिर्भर र समृद्ध रहेको बताइन् । उनले यो समुदायभित्र अथाह सांस्कृतिक सम्पत्ति रहेको बताइन् । डंगोलले भनिन् ‘सम्पदा बचाउन काम गर्ने समुदायको साथमा काठमाडौँ महानगरपालिका पनि छ भन्ने भरोसाका लागि हामीले सहयोग गरेका हौँ ।

कार्यक्रममा नेवा जातीय महासंघका अध्यक्ष एवं खड्गी सेवा समितिका संरक्षक मनोज नेवा खड्गीले, अनुदान प्राप्त गर्न समूह बनाउने विकृतिप्रति चनाखो हुनुपर्ने बताएका छन् । उनका अनुसार खड्गी समुदायका गुठीहरुमध्ये ४ वटा गुठी घर निर्माणका लागि महानगरले गरेको सहयोगबाट परम्परागत काम गर्न सहज हुने भएको छ ।

महानगरले खड्गी गुठीका ४ वटा भौतिक संरचना निर्माण गरिरहेको छ । श्री कंग अजिमा तंडं गुठी सबैभन्दा ठूलो संरचना हो । यससँगै मेहरसिंह गुठी, शान्त गुठी र नरसिंह गुठी पनि निर्माण हुनेछन् । यी संरचना पुनर्निर्माणको लागत करिब ५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४