Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्रको मत निर्णायक”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १२ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । राष्ट्रपतिको कुर्सीमा अर्जुनदृष्टि लगाएको नेकपा एमाले र त्यसबाट नेकपा एमालेलाई बाईपास गराउन चाहने प्रमुख प्रतिपक्षीको खेलोफड्कोले भावी राजनीतिमा अनेक शंका उपशंका जन्मिएका छन । राष्ट्रपतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र वर्तमान गठबन्धन सरकारका निर्माता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फरक धारणा आएपछि अनुमान गर्नेहरुका लागि थप मसला मिलेको अनुमान गर्न सकिन्छन ।

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल”प्रचण्ड”मुलुकका प्रमुख पद एउटै दललाई सुम्पने पक्षमा हुनुहुन्न । संवैधानिक पद भएपनि व्यक्तिका कारण सक्रियता बढ्दै गएको बुझ्नुभएका उहाँ सत्ताको साँचो लिने हतारोमा एमालेका सबै सर्त मञ्जुर गरेको पुष १० गतेको त्यो क्षण फर्काउने प्रयासमा हुनुहुन्छ । नेकपा एमालेसँग राष्ट्रपति विषयमा समझदारी भएपनि सहमति नभएको तर्क बारम्बार अघि सार्नु भएको छ । राष्ट्राध्यक्ष पदमा राष्ट्रिय समझदारी हुनुपर्ने अडान राख्दै आउनुभएको छ ।

यस विपरीत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आफ्नो दलले उठाएको उम्मेदवार नै राष्ट्रिय सहमतिको उम्मेद्वार हुने दावी गर्दै आउनुभएको छ । उहाँले त यस विषयमा बारम्बार आफूलाई नजिस्काउनका लागि पत्रकारहरुलाई सचेत गराउनुभएको छ । सत्ता सहयात्री दुवै दलका शीर्ष नेताका यी भनाइ एक आपसमा “काउन्टर” दिने खालका छन् । अर्थात्, सत्तामा सहयात्रा भएर पनि एकअर्काबीच शंका उपशंका भएको देखिन्छन ।

आफ्नो मुखैमा आएको केन्द्र र प्रदेशको सत्ता गुमाएको नेपाली कांग्रेसले फेरि दाहाल मनाउने कसरत थालेपछि यी दुई शीर्ष नेतृत्वबीच शंका उपशंका  जन्मिएको हो । पार्टीभित्रै विरोध भए पनि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले २६ पुषमा यो सरकारलाई विश्वासको मत दिलाउनु भएको थियो । त्यहीबेलादेखि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रले कतै बेइमान गर्ने त हैन भन्नेठूलो संशय देखिएको थियो ।

विश्वासको मत दिन आग्रह गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” पुष २५ गते साँझ नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा पुगेदेखि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आशंकाको पारो बढेको हो । तर, अहिले नै धेरै सशंकित भएर पाएको सबै गुमाउन उहाँ तयार हुनुहुन्न ।

राष्ट्रपतिमा नेकपा एमाले उम्मेदवारलाई विजयी गराउन सक्दा पाँच वर्ष कसैले हटाउन नसक्ने र राजनीतिक कोर्स आफूअनुकूल हुने बुझाइ नेकपा एमालेको छ । तर अहिलेको गठबन्धनको स्थिति हेर्दा सहजै नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई भोट हाल्ने अवस्था छैन ।

प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्य मतदाता हुने राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्रको मत निर्णायक हुनेछ । नेपाली  कांग्रेसका उम्मेदवार विजयी हुन नेकपा माओवादी केन्द्रको पूरै मत जानुपर्ने देखिन्छ, जुन तत्काल सम्भव नरहेको नेताहरूको अभिव्यक्तिबाट पुष्टि हुन्छ । वर्तमान सत्ता गठबन्धन तोड्ने मिसनमा रहेको नेपाली कांग्रेसले आफ्ना सम्पूर्ण रणनीति राष्ट्रपति निर्वाचनका लागि केन्द्रित गरेको छ ।

सत्ताबाट बाहिर रहेका दललाई एकजुट बनाउँदै अगाडि बढेको नेपाली कांग्रेसले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रको भोट तान्न सके राष्ट्रपति चुनाव जित्ने र गठबन्धन पनि टुट्ने आशा राखेको छ । नेपाली कांग्रेस र नेकपा एमाले दुवैले राष्ट्रपतिको उम्मेदवार अगाडि सार्ने अवस्थामा नेकपा माओवादी केन्द्रको मत नै राष्ट्रपति चयनका लागि निर्णायक हुने देखिन्छ ।

धेरै जनालाई प्रधानमन्त्री बनाएर रेकर्ड कायम गरेको दाबी गर्ने प्रचण्डको धैर्य र अडानलाई लिएर बेलाबखत टिप्पणी हुने गरेको छ ।नेकपा एमालेसँगको सहयात्रा तत्काल टुटाउनु आत्मघाती हुने नेकपा माओवादी केन्द्रभित्र अर्को विश्लेषण छ । तर ‘क्रमभंगता’ गर्ने यही शैलीलाई नेपाली कांग्रेस–नेकपा एमालेका नेताहरूले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”को अस्थिर र अवसरवादी चरित्रका रूपमा व्याख्या गर्ने गरेका छन् ।

#माओवादी#राष्ट्रपति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४