Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोरखा हाजिर हुन हिँडेका सीडीओ किन रोकिए काठमाडौंमै ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १२ २०७९
  • 2K
    SHARES

काठमाडौं । गृह मन्त्रालयले ६ माघमा ४२ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गर्‍यो । सरुवा सूची अनुसार जिल्ला प्रशासन कार्यालय, सिराहाका प्रमुख लालबहादुर कवारी यतिबेला जिल्ला प्रशासन कार्यालय, गोरखामा हाजिर हुनु पर्ने थियो ।

गृह प्रशासनका पुराना कर्मचारी कबारी गोरखा जानलाई काठमाडौं आइसकेका थिए । तर, बुधबार एकाएक उनलाई गृह मन्त्रालय हाजिर हुन भनियो । त्यसपछि उनले थाहा पाए, उनको गोरखा सरुवा रद्द भइसकेको रहेछ ।

‘गोरखा जान तयार भएको थिएँ, मन्त्रालय हाजिर भएको छु कवारीले जन प्रहारलाई भने, ‘मलाई पनि अचम्म लागेको छ, के भएको थाहा छैन ।

उनी मुस्लिम समुदायबाट एक्ला प्रमुख जिल्ला अधिकारी पनि हुन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले चाहिँ ठ्याक्कै यही विषयका कारण सरुवा रोकिएको भन्ने थाहा नभएको बताएका छन् । उनले भने, ‘कहिले काहीँ व्यवस्थापन गर्दै जाँदा त्यस्तै हुन्छ ।

गोरखा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको जिल्ला पनि हो । त्यसैले पनि गोरखामा उनको स्वभाविक रुची हुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘कवारी प्रतिकुल परेकैले अन्तिममा रद्द भएको हो’, एक अधिकारीले भने, ‘गृहमन्त्रीज्यूले धेरै सह–सचिवहरु चिन्नु हुँदैन, कर्मचारी प्रशासनबाट सरुवा भयो । तर, पछि बालुवाटारले थाहा पाएपछि समस्या देखियो ।

गोरखामा यसअघिका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुवैको सरुवा भइसकेको छ । त्यसैले अहिले जिल्ला कारागार प्रमुख गणेश भट्टराईले निमित्त सीडीओको जिम्मेवारी सम्हालिरहेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार संसदमा आफ्ना जिल्लामा ‘आफ्ना मान्छे पठाउन सिफारिस नगर्न’ भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४