Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेमप्रसादको आत्मदाहलाई लिएर सामाजिक सञ्जालमा नेतादेखि मन्त्रीसम्म कसले के भने ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ११ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यको आत्मदाह पछि उपचारका क्रममा निधन भएपछि सामाजिक सञ्जाल उनकै विषयलाई लिएर तरंगित बनेको छ ।

उनको आत्मदाहलाई लिएर नेता,मन्त्री कलाकार लगायतले सामाजिक सञ्जालमा विभिन्न भनाइहरु राखेका छन् । आचार्यको आत्मदाहलाई कसैले सरकारको कमजोरी,कसैले विगतको बेथिति आदि कारण मानेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरेका आचार्यको उपचारको क्रममा बुधबार बिहान निधन भयो । उनको निधनसँगै सामाजिक सञ्जाल तातेको छ । सबैले उनलाई श्रद्धाञ्जली दिंदै फेसबुकका भित्ता भरेका छन् ।

सामाजिक सञ्जालमा देखिएको स्टाटसहरूमा गृहमन्त्री रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, विभिन्न राजनीतिक दलका नेता, कलाकार, बुद्धिजिवी लगायतले आ–आफ्नो भनाई सार्वजनिक गरेका छन् ।

उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्। उनले लेखेका छन्, ‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।

त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आचार्यको आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको बताएका छन् । उनले समाजिक सञ्जालमा लामो स्टाटस लेख्दै राज्य असफल रहेको बताएका हुन् । उनले लेखेका छन्, ‘राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् । नागरिकका रुपमा, जनप्रतिनिधीका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा हामी सबै असफल भइरहेका छौँ ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आचार्यको आत्मदाहको घटनाले राज्य लज्जित भएको सामाजिक सञ्जाल मार्फत बताएका छन् । ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ?’ भन्दै प्रश्न समेत गरेका छन् ।

त्यस्तै, कलाकारहरूले पनि सामाजिक मार्फत आफ्नो भनाइ राखिरहेको छन् । यसैबीच अभिनेता निश्चल बस्नेतले पनि उक्त आत्मदाहको बारेमा लेखेका छन् । उनले सरकार कसरी असफल भएर पनि देशको जिम्मेवारी बोकेर बसेको बताएका छन् । ‘उनले लेखेका छन्, सरकारमा बस्ने,संसदमा बस्नेले राज्यलाई जिम्मेवार अब पनि नबनाउने हो भने जुनसुकै पार्टीको सरकार बनेपनि जनताको सरकार कहिले बन्ने छैन । संसदमा सुनाइयोस् वहाँ ले लेखेका कुराहरू, बुझ्नेले धेरै काम गर्नेछन् जनताकोलागि ,नबुझ्नेले जे गरिरहेकाछन् त्यै गर्नेछन् ,मात्र भन्नेछन् हार्दिक श्रदाञ्जली’ ।

आचार्यको आत्मदाहाको विषयलाई लिएर समाजका अन्य विभिन्न व्यक्तिहरुले पनि सामाजिक सञ्जालका वालमा श्रद्धाञ्जली सहित आ–आफ्ना विचार राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४