Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ८ २०७९
  • 2K
    SHARES

काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।

दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।

घाइते भएका दैलेख भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । छातीमा चोट लागेका उनी बोल्ने सक्छन् ।

गाडी सडकबाट ७०/८० मिटर तल खसेको छ । गाडीमा पाँच जना सावार थिए ।

तस्वीर : सामाजिक सामाजिक सञ्जालबाट ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४