काठमाडौं । पुष शुक्ल पूर्णिमादेखि एक महिनासम्म माधवनारायणको व्रत गरेका व्रतालु भक्तजनहरु तीर्थ यात्रा गर्दै पशुपतिनाथको मन्दिर क्षेत्रमा आइपुगेका छन् ।
ब्रतालु भक्तजनहरुले आज बिहान माघ कृष्ण औंसीको दिन पारेर पशुपतिनाथको दर्शन गरेका हुन् ।
पशुपतिनाथस्थित आर्यघाटमा व्रतालु भक्तजनहरुले स्नान गर्ने व्रत विधि रहेको छ । स्नान गरेपछि पशुपतिनाथको मन्दिरमा पूजा आराधना गरी जयबागेश्वरीसम्म जल चढाउने विधि रहेको छ । व्रतालु भक्तजनहरुले जयवागेश्वरीबाट सानो गौचरण गएर दिउँसोको भोजन गर्ने गर्छन् ।
माधवनारायणका व्रतालु भक्तजनहरुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने गर्दछन ।










