Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपसभामुख पदकाे चयनका लागि आज मतदान हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ७ २०७९
  • 1.2K
    SHARES

काठमाडौं । संघीय संसदकाे प्रतिनिधि सभाकाे उपसभामुख पदकाे चयनका लागि शनिबार मतदान हुने भएकाे छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शनिबार दिउँसो १ बजे उपसभामुख पदको मतदान हुने संसद सचिवालयले जनाएकाे हाे। उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र सत्ता गठबन्धन बाहिरका दलको तर्फबाट नेपाली कांग्रेसकी सांसद मुक्ता कुमारी यादवको उमेदवारी दर्ता भएको छ ।

उपसभामुख पदमा रानाको प्रस्तावकमा रास्वपाकी सांसद साेविता गौतम रहनुभएको छ । समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका कृष्णगोपाल श्रेठ र नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा रहेका छन्।

यादवको प्रस्तावकमा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल र नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४