Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसको नजर राष्ट्रपति निर्वाचनमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ६ २०७९
  • 3.9K
    SHARES

काठमाडौँ । पुस १० गते मध्यान्हसम्म नेपाली राजनीतिमा “१०/१५ वर्ष चल्ने” भनिएको तत्कालीन सत्ता गठबन्धन थियो । क्षणभरमै त्यो भत्किएर हठात् अर्को गठबन्धन बन्यो । अप्रत्याशित रूपमा नेकपा एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री नियुक्त भएका छन् ।

नेपाली कांग्रेससँगको “प्री-इलेक्सन” गठबन्धन छाडेर पुष्पकमल दाहाल”प्रचण्ड” बालकोटमा नेकपा एमाले अध्यक्ष ओली निवासमा पुगेपछि नेपाली राजनीति एकाएक तरंगित बनेको थियो । बालकोटमा बनेको ओली-“प्रचण्ड”सहितको गठबन्धनले नेपाली कांग्रेस नराम्ररी पछारियो । प्रतिनिधिसभाको पहिलो दल कांग्रेसको संघसहित अधिकांश प्रदेशमा सरकार बनाउने योजना क्षणभरमै भताभुंग भएको थियो ।

सत्ताबाट एक्कासि प्रतिपक्षमा पुगेको कांग्रेसमा केही दिन सन्नाटा छायो । तर गत पुष २६ गते मंगलबार नेपाली कांग्रेसले “युटर्न” गरेर फेरि उहाँ नै प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई विश्वासको मत दियो । त्यसपछि फेरि नेपाली राजनीतिको रंग फेरिएको छ । नेकपा एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल “प्रचण्ड” पछिल्लो समय कांग्रेसप्रति नरम देखिन थालेका छन् । यसले गठबन्धनको राजनीतिमा थप संशय आशंकाहरु उत्पन्न भएका छन् ।

उसाे त प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” आफैले नेपाली कांग्रेससँग हिमचिम बढाएको संकेत दिइसकेका छन् । उनले नेपाली कांग्रेसलाई पनि राष्ट्रपति र उपराष्ट्रपतिको शक्ति बाँडफाँटमा हिस्सेदारी गराउन पहल थालेका बताएसँगै हिमचिमको आशंकामा बल पुगेको हो । नेपाली कांग्रेस नेताले राष्ट्रपतिमा चासोबारे औपचारिक प्रतिक्रिया नदिए पनि प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड”ले शक्ति बाँडफाँटमा नेपाली कांग्रेसका लागि ढोका खुला गरिसकेका नेताहरू बताउँछन् ।

तर बिहीबार भएको सभामुखको निर्वाचनमा नेपाली कांग्रेसले हार बेहार्यो । नेकपा एमालेका नेता देवराज घिमिरे निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट नेता इश्वरी न्यौपाने सभामुखका लागि उम्मेदवार भएकी थिइन् । मतदानमा नेता घिमिरेले १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुँदा विपक्षमा १०० मत पर्‍यो । २७५ सदस्यीय प्रतिनिधिसभामा निर्वाचित हुन बहुमत अर्थात्, १३८ मत भए पुग्थ्यो । सके चुनाव जित्ने नसके मतान्तर कम गर्ने नेपाली कांग्रेसको प्रयास थियो । सफल भयो भएन ।

अब नेपाली कांग्रेसको नजर राष्ट्रपति निर्वाचनतर्फ मोडिएको छ । हालका राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिँदैछ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति भने तोकेको छैन । तर दलहरूले राष्ट्रपतिको निर्वाचनबारे सक्रियता बढाएका छन् ।

सत्तामा भाग खोजिरहेको नेपाली कांग्रेसले राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने नेताहरूले बताएका छन् । त्यसो हुँदा राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धन दल नेकपा एमाले र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । पुरानो पाँच दलीय गठबन्धन भत्काउन सफल भएको नेकपा एमालेले सभामुख पाएपनि राष्ट्रपतिमा भने अझै आशंका जन्माएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाली कांग्रेसलाई पनि साथमा लिएर जानुपर्ने बताउँदै आएका छन् ।

बिहीबार सभामुखको निर्वाचन सकेर निस्किएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले अझै समय बाँकी भएकाले राष्ट्रिय सहमति भए हुन्थ्यो भन्ने लागेको बताएका छन् । गत मंगलबार बसेको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रपति सहितका संवैधानिक पदहरूमा सबै दलहरूबीच सहमति गरेर लैजाने प्रस्ताव गरेका थिए । तर, नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को उक्त प्रस्तावमाथि असहमति राखेको थियो । बिहीबार संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमाले अध्यक्ष  केपी शर्माओलीले भने ‘हामीले उठाएको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ, राष्ट्रपतिमा हाम्रो सहमति त्यही हो ।

राष्ट्रपतिमा एमालेभित्रबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, डोरमणि पौडेलसहितको नाम पनि चर्चामा रहेको छ । अहिलेको सत्ता गठबन्धन टुटाएर सत्ता राजनीतिमा फर्कने प्रयासमा रहेको नेपाली कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्नसक्ने अनुमान गरिएको छ । तर नेपाली कांग्रेसभित्र पनि राष्ट्रपतिका लागि नेताहरु पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला,पूर्व उपसभापति गोपालमान श्रेष्ठसहितका नेताहरु आकांक्षी देखिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद डा. चन्द्रकान्त भण्डारीले राष्ट्रपतिलाई मिसन बनाएर अहिलेको सत्ता गठबन्धन टुटाउन आफूहरू लाग्ने बताएका छन् ।  नेकपा माओवादी केन्द्रसहित हामी चुनावमा गठबन्धनमा थियौँ ।नेपाली कांग्रेस नेतृत्वको त्यो गठबन्धन टुट्यो भने यो पनि टुट्छ,’ उनले भने, ‘हामी नेकपा माओवादी केन्द्रसहित चार पार्टीको गठबन्धनमा चुनावमा गर्‍यौँ, सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो । अहिले अर्को गठबन्धन बनेको छ, त्यसलाई टुटाउन हामी चाहन्छौँ ।

राष्ट्रपतिको निर्वाचनसम्ममा समीकरणमा फेरबदल हुने नेपाली कांग्रेसका नेताको आशा छ । नेपाली कांग्रेस नेता पुर्ब महामन्त्री विमलेन्द्र निधिले सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिएपछि सबै सम्भावनाका ढोका खुला रहेको बताएका छन् । पुष्पकमल दाहाल “प्रचण्ड”जीलाई हामीले विश्वासको मत दिएको हो । राष्ट्रपतिका विषयमा नेपाली कांग्रेससँग पनि छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”जीको कुरालाई सकारात्मक रूपमा लिएको छु,’ उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४