Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अधिकांश पूर्वसभामुख विवादित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ५ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । प्रतिनिधसभाले नवौं सभामुख चयन गरिरहँदा यसअघिका आठ जना सभामुखमध्ये केहीको भूमिका प्रशासायोग्य थियो भने केहीको विवादित बन्यो । राजनीतिक दल विशेषको रबर स्ट्याम्प बनेको, आफ्नो भूमिका प्रभावकारी बन्न नसकेको र यौन दुराचारीकोसमेत आरोप लागेको थियो ।

सभामुख संवैधानिक परिषद्मा प्रतिनिधित्व गर्ने मर्यादाक्रममा पाँचौं नम्बरमा हुन्छन् । व्यवस्थापिकामा हुने विधायिकासँग सम्बन्धित काम र जनप्रतिनिधिले संसदमा उठाउने जनताका विषयलाई सरकारसमक्ष पुर्‍याउने वैधानिक माध्यम प्रतिनिधिसभा भएकाले यो पदको भूमिकालाई महत्वपूर्ण मानिन्छ ।

संसदीय अभ्यासमा सरकार सत्तापक्ष र संसद प्रतिपक्षको भन्ने मान्यता भएपनि नेपालमा सभामुखले त्यसअनुरुप भूमिका निर्वाह गर्न नसकेको भन्दै पटक पटक अलोचना हुने गरेको छ ।

नेपालको संसदीय इतिहासमा अहिलेसम्म संसदअको बागडोर सम्हालेका धेरैजसो सभामुखको कार्यकाल गर्व गर्न लायक छैन । केहीमाथि यौन दुर्व्यवहारको आरोप, केही माथि सरकार र आफ्नो मातृ दलको रबरस्टयाम्प भएको आरोप छ । केहीले सभामुखले आफ्नो जिम्मेवारी नै पूरा गर्न नसकेको आरोप खेप्नु प¥यो ।

२०४७ सालको संविधान जारी भएपछिको गठन भएको प्रतिनिधिसभामा प्रतिपक्षको समेत प्रशंसा पाउने सभामुख दमननाथ ढुङ्गान हुनुहुन्छ । पूर्व सभामुख ढुंगानाले संसदीय व्यवस्थामा सभामुखका हैसियतले धेरै मानक स्थापित गर्नुभएको छ । प्रतिपक्षले गरेको सरकारको विरोधको जानकारी जनताले थाहा पाउनुपर्छ भन्ने मान्यता बोकेका ढुंगानाले संसदमा विपक्षीलाई आफ्ना भनाइहरू राख्न पर्याप्त समय दिनुहुन्थ्यो । यस्तै, पूर्व सभामुख ढुङ्गानाले लेखा समितिको सभापति विपक्षी दलले पाउने मानक स्थापित गर्नुभएको हो ।

यस्तै,आफ्नो ईच्छाविपरित दोस्रो सभामुख बनेका रामचन्द्र पौडेललको ५ वर्षको कार्यकालक खासै गर्व गर्न लायकको बनेन । तर नेपाली कांग्रेसबाटै तेस्रो प्रतिनिधिसभााको सभामुख बनेका तारानाथ रानाभाटले आफ्रनो कार्यकालमा संसदको गरिमा बचाउने थुप्रै कामहरु गर्नुभयो । स्वतन्त्र र निश्पक्ष भएर सभामुखको जिम्मेवारी सम्हाल्नेमा पूर्वसभामुख रानाभाट पनि पर्नुहुन्छ ।

सबैभन्दा लामो समयसम्म सभामुख बनेका सुवास नेम्वाङमाथि आफैँ जनजाति भएपनि जनजाति विरोधी भएको ट्याग लाग्यो । नेम्वाङपछि प्रथम महिला सभामुख बन्नुभएकी माओवादी नेतृ ओन्सरी घर्तीमगर संसदमा आफ्नो भूमिका राम्रोसँग प्रस्तुत गर्न नसकेको भन्दै आलोचित हुनुभयो । यस्तै सभामुखका लागि योग्य नै नभएको आलोचना समेत खेप्नु पर्‍यो ।

देश संघीयतामा गएपछि पहिलो पटक भएको निर्वाचन पछि सभामुख बनेका कृष्णबहादुर महरा विवादित सभामुख हुनुहुन्छ । महरामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि आफ्नो कार्यकाल नसकिँदै उहाँ निलम्बित हुनुपर्‍यो ।

महरापछि सभामुख भएका अग्नी सापकोटा सबैभन्दा विवादित सभामुख हुनुहुन्छ । सभामुख निर्वाचित भएलगत्तैदेखि विवादित बनेका सापकोटा विवादमै मुछिएर कार्यकाल पूरा गर्नुभयो । सशस्त्र द्वन्द्वसँग सम्बन्धीत मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेकाले सभामुख बनाउन नहुने भन्दै द्वन्द्वपीडितहरु आन्दोलनमा थिए । यस्तै, तत्कालिन नेकपाबाट सभामुख बनेका सापकोटा पार्टीको आन्तरिक विवाद चर्किएर विभाजनसम्मको अवस्थामा पुग्दा विवादमा पर्नुभयो ।

सर्वोच्चको आदेशले अलग भएपछि नेकपा माओवादी केन्द्रले आफ्ना संसदलाई गरेको कारवाहीको सूचना समयमै सार्वजनिक गरेपनि नेकपा एमालेले गरेको कारवाहीको सूचना लुकाएर आफू निकट पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सहयोग पुग्नेगरी भूमिका खेलेको आरोप सापकोटा माथि छ । यस्तै, सापकोटाले तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावसमेत अड्काएर राखेको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४