काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् ।
बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बन्नुहुनेछ ।
प्रचण्डले सकारात्मक जवाफ दिइसक्नुभएको हो भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री शर्माले भने,अहिलेलाई यति मात्र कुरा गरौं, यसमा धेरै टिप्पणी गर्नु उचित हुँदैन । अहिले हामी सभामुखको चरणमा छौं, सभामुखको चरण सकिएपछि जब राष्ट्रपतिको समय आउँछ त्यतिबेला सबै कुरा छर्लंग हुनेछ ।