Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस पदाधिकारी बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ४ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ९ बजे बस्ने बैठकमा सभामुखमा उम्मेदवारीबारे औपचारिक निर्णय हुनेछ ।

मंगलबार बसेको सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ ।

कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने छ ।

प्रतिनिधि सभाका सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ ।

सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४