Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनमतले पाएन रोजेको मन्त्रालय, पदभार सम्हाल्न गएनन् खानेपानी मन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ३ २०७९
  • 1.4K
    SHARES

काठमाडौं । मन्त्रालय भागबण्डामा जनमत पार्टीले असन्तुष्टि जनाएको छ । मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको थियो ।

खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् ।

पार्टीसँग छलफल नगरी मन्त्रालयको बाँडफाँड गरिएको प्रति आफ्नो दलको असहमति रहेको खानले जन प्रहारलाई बताएका हुन्  ।

‘प्रधानमन्त्रीसँग भएको सहमति अनुसार भएन । हाम्रो चाहना अनुसारको मन्त्रालय पनि भएन’ खानले भने, ‘छलफल नै नगरी तोकिएको मन्त्रालयमा कार्यभार सम्हाल्ने कुरा पनि भएन ।

प्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार सम्हाल्ने अवस्था नरहेको उनले बताएका छन् । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी गरेको थियो । उक्त मन्त्रालय एमालेको भागमा परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएकै दिनमा खानले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४