Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यती एयर विमान दुर्घटना : ७० जनाको शव भेटियो, २ जनाको अवस्था अझै अज्ञात


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ३ २०७९
  • 2K
    SHARES

काठमाडौँ । यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका २ जनाको अवस्था अझै अज्ञात रहेको छ । सम्पर्कविहीन रहेका २ जनाको दुर्घटनाको तेस्रो दिन आज पनि खोजी जारी रहने जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय केसीले जानकारी दिएका छन् ।

एसपी केसीका अनुसार दुर्घटनामा परी सम्पर्कविहीन रहेका २ जना यात्रु खोज्न मंगलबार पनि गोताखोरसहित ४ वटा ड्रोनको प्रयोग गरिनेछ । हिजो (सोमबार) ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएको थियो । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो ।

आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए । दुर्घटनाग्रस्त विमानमा यात्रारत हालसम्म ७० जनाको शव भेटिए पनि २ जना भेटिन बाँकी छ । भेटिएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

शव सनाखत र पोस्टमार्टमपछि सोमबार साँझबाट मृतकका आफन्तलाई बुझाउन थालिएको छ । शव बुझाउन ढिलो भएको भन्दै दिउँसो केहीबेर अस्पताल प्रशासनमा भनाभनसमेत भएको थियो । दुर्घटनामा परी मृत्यु भएका २४ जनाको शव पोखरामै पोस्टमार्टम गरिने छ भने बाँकी ४५ जनाको आजै काठमाडौं पठाइने भएको छ ।

अपुष्ट, विदेशी एवं पहिचान नखुलेका शव सोमबारै काठमाडौं लैजाने भनिएको थियो । त्यसका लागि काठमाडौंबाट हेलिकप्टर पनि हिजै पोखरा आइसकेको थियो । तर, पोखरामा भएका शवकै पोस्टमार्टम र पहिचान प्रक्रियामा ढिलाइ हुने भएकाले मंगलबारमात्रै काठमाडौं पठाउन लागिएको एसपी केसी जानकारी दिए । ‘यहाँ भएका शव बिहान ८ बजेपछि पोस्टमार्टम हुनेछन् । बाँकी शव बिहान १० बजेभित्र काठमाडौं लगिसकिन्छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४