Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकताबारे गृहमन्त्री लामिछानेद्वारा सर्वोच्चमा लिखित जवाफ पेस


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । गृहमन्त्री रवी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज र प्रतिनिधिसभा सदस्य पद समेत रद्ध गर्ने रिट निवेदनविरुद्ध सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ ।

लामिछानेले बुझाएको लिखित जवाफमा आफूविरुद्धको रिट खारेज गर्न माग गर्दै नेपाली नागरिकता नत्यागेको हुँदा अमेरिकी नागरिकता त्यागेपछि आफू स्वतः नेपाली नागरिक नै हुने दाबी गर्नुभएको छ ।

उहाँले लिखित जवाफमा नागरिकता ऐन, २०६३ को दफा ११ अनुसार नेपाली नागरिकता कायमै रहेको दावी गर्नुभएको छ । उहाँले कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोवास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि नेपाली नागरिकता पुनः कायम हुने कानूनी व्यवस्था अनुसार नै नागरिकता कायम भएको जिकिर गर्नुभएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षबाट पनि सर्वोच्चमा लिखित जवाफ दिइएको छ । सो दलले अहिले आफ्नो लोकप्रियता बढ्दै गएको बेला सभापतिको नागकिताको बिषय उठाई, पार्टीको लोकप्रियतालाई निवेदकले विषयान्तर गर्न खोजेको जिकिर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४