Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगे


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास पुग्नु भएको छ ।

दाहाल ओलीलाई भेट्न भक्तपुरस्थित ओली निवास बालकोट पुग्नु भएको हो । प्रधानमन्त्री दाहाल प्रतिनिधि सभामुखको सभामुख चयन,मन्त्रिपरिषद्को पूर्णता र समसामयिक राजनीतिक विषय लगायतमा छलफल गर्न ओली निवास पुग्नु भएको हो । प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्नेबारे सत्ता गठबन्धनबीच सहमति भने बनिसकेको छैन ।

तर दाहाललाई प्रधमनमन्त्रीमा समर्थन गर्दा एमालेले सभामुख लिने सहमति भएको कतिपय एमाले नेताहरुको दाबी छ । त्यसैगरी गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले मन्त्रिपरिषद्लाई पनि पूर्णता दिन सक्नु भएको छैन । गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागवण्डा मिल्न नसक्दा मन्त्रिपरिषद बिस्तारमा ढिलाई भइरहेको हो ।

पुस ११ राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएका दाहालले सोही दिन ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको थियो । तर मन्त्री भएका ४ जनाले अझै मन्त्रालय पाएका छैनन् । उनीहरु बिना विभागीय मन्त्री बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४