Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक बिदा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २ २०७९
  • 1.4K
    SHARES

काठमाडौं । सरकारले पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।

दुर्घटनमा जनधनको ठूलो क्षति भएको भन्दै सरकारले सोमबार देशभर बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । अत्यावश्यक बाहेकका सबै सेवा तथा कार्यक्रमहरु स्थगित गरिएको गृह मन्त्रालयले जनाएको छ । २५ औं राष्ट्रिय भूकम्प दिवसका कार्यक्रमहरु समेत स्थगित गरिएको छ । साेमबारका लागि निर्धारित परीक्षाहरु भने यथावत रूपमा संचालन हुने जनाइएको छ ।

बिदा दिने सरकारी निर्णयको भने सर्वत्र आलोचना भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उठेको यति एयरलाइन्सको विमान १० बजेर ३२ मिनेट जाँदा पोखरा विमानस्थल नजिकै सेती नदीको खोंचमा खसेर दुर्घटना भएको थियो । विमानमा रहेका चालक दलका ४ जना तथा ६८ जना यात्रु रहेकोमा ६९ जनाको शव फेला परेको छ भने ३ जनाको अवस्था पत्ता लागेको छैन ।

विमानमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १–१ जना गरी १५ जना विदेशी नागरिक रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । दुर्घटनाग्रस्त विमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सवार रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४