Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ दलबीच कुनै समस्या छैन : प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३० २०७९
  • 3.2K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार केही दिनमा नै हुने बताएका छन् । सत्ता मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलबीच कुनै समस्या नरहेको दाबी गरेका हुन् ।

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सत्ता साझेदार दलको समझदारीमा समस्या छैन ।

मन्त्रिपरिषद्बारे टुङ्ग्याउन कठिन छैन । हामी सहमतिको नजिक छौँ ।उनले आफूले भन्नुपर्ने कुरा सबै भनिसकेको बताउँदै अब गर्न मात्र बाँकी रहेको जिकिर गरे । डेलिभरी दिएरमात्र परिवर्तनको वैधता रहने उनले स्पष्ट पारेका छन्  ।

यता देशको अर्थतन्त्र अप्ठ्यारोमा रहेकोमा प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरेका छन् । उनले आफू अर्थतन्त्रलाई सहजीकरण गर्ने विषयमा केन्द्रित भएको पनि बताए । ‘उनले भने, ‘अर्थ मन्त्रालय र राष्ट्र बैंक बीचमा अप्ठ्यारो स्थिति थियो ।

मैले अर्थमन्त्री र गभर्नरलाई बोलाएर समस्या समाधानका लागि पहल गरेको छु । उनले निजी क्षेत्रमा अब केही हुन्छ भन्ने आत्मविश्वास जागेको पनि दाबी गरे । ‘केन्द्रीय मुद्दामा सहमति जुटाएपछि बल्ल चुनौति छिचोलिन्छ,’ उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४