काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।
शनिबार विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।
४ मंसिरको चुनावअघि नेकपा एमाले छाडेका घनश्याम भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।