Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विष्णु माझीले अरुका गीत गाउन छाडेकी हुन् ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३० २०७९
  • 2.6K
    SHARES

काठमाडौं । लोकदोहोरी गायिका विष्णु माझी यतिबेला पुनः गुमनामजस्तै बनेकी छन् । ६ महिना भयो उनको नयाँ गीत रिलिज नभएको । एक वर्षभन्दा बढी भयो अरुका गीत गाउन छाडेको । उनी अहिले काठमाडौंमा बसोबास गर्छिन् तर कहाँ बस्छिन् भन्ने लोकगीत क्षेत्रका कलाकार कसैलाई पनि थाहा छैन ।

प्रत्येक तीजमा उनको खोजी हुन्छ र एउटा गीत पनि आउँछ तर यतिबेला निकै ‘डिमान्डेड’ गायिकाको छवि बनाएकी विष्णु माझी भने बेखबर छिन् । गत वर्षको तीजमा रिलिज भएको ‘चरी जेलैमा २’ उनको पछिल्लो गीत हो । तर भाग एक जति यो चल्न सकेन । पुरानै स्वादलाई मिलाएर गीत ल्याएको भन्दै उनी आलोचित पनि भइन् । यो गीतमा उनकै पति सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ ।

विष्णुले श्रीमान् सुन्दरमणिको कम्पोजभन्दा अरुको गीत नगाएको वर्ष दिन बितिसक्यो । लोकगीत क्षेत्रका धेरै कलाकारलाई लाग्न थालिसकेको छ कि बिष्णु  माझीले आफ्नै बाहेक अरुका गीत गाउनेछैनन् । उनीसँग धेरै गीतमा सहकार्य गरेका शिव हमालले यो कुराको संकेत गरेका छन् । ‘उहाँले बाहिरी गीत नगाउने भन्नुभएको हो । सायद यही कारण नयाँ गीत नआएको हुनुपर्छ,’ उनले भनेका छन् ।

शिब हमालको जस्तै कुरा अर्का गायक कुलेन्द्र विश्वकर्माको समेत पनि छ । विष्णु माझीसँग नयाँ गीतमा सहकार्य गर्ने योजना बुनेका कुलेन्द्रले बिष्णु माझीको पारिश्रमिक निकै बढेको कुरा सुनेपछि योजनाबाट पछि हटे । बजारमा अहिले बिष्णु माझीको एउटा गित गएको पारिश्रमिक सात लाख रुपैयाँ पुगेको चर्चा चलिरहेको छ । पारिश्रमिक बढी माग्दा अरुको गीत गाउनु नपर्ने भन्ने सोच पनि रहेको हुनसक्ने कतिपयको ठम्याइ रहेको छ ।

उहाँसँग गीत गाउने विचार गरेको थिएँ तर पारिश्रमिक बढेको कुरा सुनेपछि योजनाबाट पछि हटें,’कुलेन्द्र विश्वकर्माले भनेका छन् । आफ्नो अघिल्लो गीतमा विष्णु माझीलाई दुई लाख रुपैयाँ पारिश्रमिक दिएर वसन्त थापाले सहकार्य गरेका थिए तर पछिल्लो समय वसन्तले पनि उनीसँग काम गर्नै पाएका छैनन् । तर लोकसंगीत क्षेत्रका कतिपय व्यक्ति चाहिं बिष्णु माझीको पारिश्रमिक तीन लाख रुपैयाँ पुगेको र उक्त मूल्यमा एउटा म्युजिक भिडियो नै तयार हुने भन्दै उनलाई अप्रोच गर्न नमानिरहेको बताइन्छ ।

 बिष्णु माझीसँग यसअघि सहकार्य गरेका चर्चित कलाकारको यो टिप्पणी सुन्दा अनुमान गर्न सकिन्छ,बिष्णु माझी आफ्ना बाहेक अरु गीत गाउनका लागि तयार छैनन् । यसबारे गायक शिव हमालको एउटा रोचक अनुभव छ । बिष्णु माझीसँग गीत गाउनको लागि शिब हमालले माझीका पति सुन्दरमणि अधिकारीलाई आग्रह गरेका थिए । प्रत्युत्तरमा उनले विचार गरौंला भन्ने जवाफ पाएको बताएका छन् । तर त्यो विचार भनेको के हो भन्ने कुरा शिब हमालले बुझ्न सकेनन् । सुन्दरमणि अधिकारीको पत्नी समेत रहेकी बिष्णु माझीको व्यावसायिक डिल चाहिं संगीतकार पति अधिकारीले नै गर्दै आएका छन् ।

नेपाली लोकसंगीतमा सर्वाधिक खोजिने गायिका समेत रहेकी विष्णु माझीको गीत ‘सालको पात टपरी’ लोकदोहोरी इतिहासमा (युट्युब)मा धेरै हेरिने गीत बनेको छ । जसको भ्युज ८ करोड ४२ लाखभन्दा बढी पुगिसकेको छ । चरी जेलैमा, लालुमै, बोकेझार, छिपछिपे पानीमा लेउ, पिंडालुजस्ता हिट गीतले युट्युबमा करोड बढी भ्युज पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४