Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीप्रति किन आक्रामक बन्दैछन् माधव नेपाल ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २९ २०७९
  • 2.1K
    SHARES

काठमाडाैं । पार्टीमा वामपन्थी शक्तिबीच एकता गर्नुपर्ने निर्णय गराएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला दिन एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक देखिन थाल्नुभएको छ । एमाले र माओवादी केन्द्रबीच नयाँ ढंगको सहकार्य शुरू भएका बेला नेपालले भने ओली चिढ्याउने अभिव्यक्ति दिइरहनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालप्रति नरम नेपालको ओली फोविया उहाँकै सहयात्रीलाई चित्त बुझेको छैन् ।

प्रतिनिधिसभा विघटन प्रतिगमन होइन भन्ने ओलीको भनाइलाई लिएर एकीकृत समाजवादी अध्यक्ष नेपाल संसदमै जंगिनुभयो । प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भनेर आन्दोलन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल भने यसबारे मौन रहनुभयो । ‘यो अहिले हाम्रो बहसको विषय होइन’ भन्दै दाहाल विगत फर्किन चाहनुभएन । नेपाल भने कांग्रेस सभापति शेरबहादुर देउवाकै कित्तामा उभिएर ओलीविरुद्ध खनिनुभयो । अर्को दिन प्रधानमन्त्री दाहालसंगको भेटमा नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्तिको पछि नलाग्न सुझाव दिनुभयो ।

पुस १८ मा एकीकृत समाजवादीको सम्पन्न पोलिटब्यूरो बैठकले वामपन्थी शक्तिबीच एकता गर्ने र त्यसको नेतृत्व पार्टीले लिने निर्णय गर्‍यो । त्यसको जिम्मा पार्टी सचिवालयलाई दियो । पुस २१ गते बसेको पार्टी सचिवालय बैठकले वामपन्थी पार्टीबीच एकताका लागि महासचिव बेदुराम भुसाल संयोजकत्वको कार्यदललाई सक्रिय बनाउने निर्णय गर्‍यो ।

नेता प्रकाश ज्वाला, गंगालाल तुलाधर र डा। विजय पौडेल सदस्य रहेको कार्यदललाई गृहकार्यको जिम्मा दिइयो । त्यही कार्यदलको प्रयासमा एमाले छाडेका घनश्याम भुसाल एकीकृत समाजवादीमा भित्रिसक्नुभएको छ । नेपालकै चाहनाबमोजिम जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवसँग पार्टी एकताबारे कार्यदलले छलफल अघि बढाएको छ ।

नेपालले लिइरहेको एकांकी राजनीतिक लाइनप्रति नेकपा एसभित्र ठूलो असन्तुष्टि छ । चुनावमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेपछि प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न वञ्चित नेपाल जसपासँग एकता गरेर प्रतिनिधिसभामा चौथो ठूलो दल बन्ने कसरतमा हुनुहुन्छ । समाजवादीका अन्य नेताहरु नेपालको ओलीसंग बढेको तिक्तता र गैरकम्युनिष्टसंगको एकता प्रयासप्रति सन्तुष्ट छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ लिने दिन राष्ट्रपति कार्यालय शीतल निवासमा एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई हार्दिक व्यवहार गरेपछि दुई नेताबीच निकटता बढ्ने दुवै पार्टीका नेता कार्यकर्तामा विश्वास जागेको थियो । संवादहीताको अवस्था अन्त्य भएपछि माधव नेपाललाई भावी राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रचार पनि गरियो । तर, ओलीसँगको इगोलाई नेपालले बिर्सिनु भएन ।

ओलीले तोडेको संवादहीनतालाई नेपालले सदुपयोग गर्न नसकेको नेकपा एसका कतिपय नेताहरूको गुनासो छ । एमाले नेताहरू पनि नेपालले एकपक्षीय ढंगले आफूलाई टाढाटाढा लगिरहेको टिप्पणी गरिरहेका छन् । एकातिर वामपन्थी दलबीच एकता गरौं भन्ने अर्कातिर निषेध गरेर जाने प्रवृत्ति नेपालका लागि आत्मघाती हुने उनीहरुको विश्लेषण छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४