Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपसभामुखमा तीन जनाको उम्मेदवारी दर्ता, प्रदेशसभाको बैठक माघ २ गते


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २९ २०७९
  • 1.7K
    SHARES

काठमाडौँ । बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनको लागि दलगतरुपमा तीन जना उम्मेदवारले आज अपराह्न आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा तीनै जना महिला उम्मेदवार छन्। सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा रहेका छन् ।

यसैगरी, नेपाली कांग्रेसको तर्फबाट सुना परियारले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा रहेका छन् । यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट गीता काफ्लेले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू रहेका छन् ।

प्रदेशसभाको उपसभामुखको निर्वाचन आगामी माघ २ गते अपराह्न ३ बजेको समय निर्धारण गरिएको निर्वाचन अधिकृत तथा प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन्  ।

प्रदेशसभामा हाल विभिन्न सात राजनीतिक दलका गरी ११० जना प्रदेशसभाका सदस्य रहेका छन् ।

  • प्रदेशसभाको बैठक माघ २ गते

बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको उपसभामुख पदको निर्वाचन गर्न प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्कालाई निर्देशन दिएका छन् । आगामी माघ २ गते अपारह्न ३ बजे बस्ने बैठकमा उपसभामुख पदको निर्वाचनको लागि सभामुख पाठकले प्रुमख सचिव खड्कालाई समयतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

सोही निर्देशनअनुसार, प्रदेशसभाका प्रमुख सचिव खड्काले उपभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यतालिका अनुसार, उपसभामुखको निर्वाचन माघ २ गते तोकिएको छ ।

नवनिर्वाचित सभामुख पाठकले शपथग्रहण लगत्तै प्रदेशसभा सचिवालयमा गई आफ्नो कार्यभार सम्हालेका छन् ।

उक्त बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दलका शीर्ष नेताले नवनिर्वाचित सभामुख पाठकलाई बधाई ज्ञापन गर्दै प्रजातान्त्रिक मुल्यमान्यता संवैधानिक प्रक्रियालाई आत्मसात गरी प्रदेशको गरिमा बढाउन आग्रह गरे ।

उनीहरुले मुलुकको सार्वभौमसत्ता, प्रदेशको मुल्यमान्यतालाई मर्यादिन एवम् जनताप्रति उत्तरदायित्व बोध हुने गरी सभामुखले आफ्नो भूमिकालाई निष्पक्षताका साथ ग्रहण गर्न र सबै राजनीतिक दलको भावनालाई बुझेर प्रदेशसभाले लिनुपर्ने ऐन, कानून तर्जुमा गर्न सभामुखलाई सुझाव दिए ।

उनीहरुले कुनै दलको तर्फबाट उम्मेदवार भएर आएको भएपनि प्रदेशसभाबाट निर्वाचित भएका सभामुख सबैको साझा व्यक्तित्व भएको हुँदा प्रदेशसभा बैठकमा प्रस्तुत हुने विभिन्न विधेयक, ऐन कानूनलाई परिपक्व र मर्यादित ढङ्गबाट क्रियाशील हुन आह्वान गरे ।

बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख पाठकले प्रदेशसभाको अर्को बैठक माघ २ गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४