Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माघ ५ मा देशको नवौँ सभामुखकाे छिनाेफानाे हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २९ २०७९
  • 2K
    SHARES

काठमाडाैं । आगामी माघ ५ मा देशको नवौँ सभामुख चयन हुँदैछ । मुलुक गणतान्त्रिक शासन प्रणालीमा गएपछिको भने चौथो सभामुखको चुनाव हुन लागेको हो ।

प्रतिनिधिसभामा कसैको स्पष्ट बहुमत नआएपछि माओवादी नेतृत्वमा बनेको सात दलीय गठबन्धनले संवैधानिक पदमा आफ्नो प्रभुत्वको दावी गरेको छ । यद्यपि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएको मात्र होइन, पदाधिकारी बैठकबाटै राष्ट्रपति, सभामुख र उपसभामुखमा रुचि प्रकट गरेपछि चुनाव पेचिलो हुने संकेत देखिएको छ ।

नेपालको संसदीय ईतिहासमा अहिलेसम्म ८ जना सभामुखले जनताको सार्वभौम संसद चलाएका छन् भने आमागी माघ ५ गते नवौँ सभामुख चयन हुँदैछ । २०१५ सालमा भएको आम निर्वाचनपछि नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराई संसदको तल्लो सदन प्रतिनिधिसभाको सभामुख हुनुभयो । नेपालको संसदीय ईतिहासको उहाँ प्रथम सभामुख हो ।

यस्तै २०४६ सालको आन्दोलनको सफलतासंगै २०४७ सालमा संविधान जारि भएपछि २०४८ सालमा आम निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । एकमना सरकार बनाउने जनमतअनुसार कांग्रेस नेता दमननाथ ढुङ्गाना २०४८ देखि २०५१ सम्म सभामुख बन्नुभयो ।

यस्तै २०५१ देखि ०५५ सम्म नेपाली काँग्रेसकै रामचन्द्र पौडेल र २०५६ देखि ०६३ सम्म तारानाथ रानाभाटले सभामुखको जिम्मेवारी सम्हाल्नुभयो । २०६३ मा भएको संविधान सभाको निर्वाचनपछि २०६३ देखि पछि २०७२ सालसम्म दुई कार्यकाल गरी एक दशक एमाले नेता सुवास नेम्बाङ सभामुख बन्नुभयो भने ।

संसदीय ईतिहासमा नै लामो समयसम्म सभामुख रहने कीर्तिमान नेम्बाङको नाममा लेखियो । २०७२ देखि २०७४ सम्म नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती मगरले सभामुखको जिम्मेवारी माओवादी नेतृ ओनसरी घर्तीले सम्हाल्नुभयो । २०७२ सालमा संविधान जारि भएपछि पहिलो पटक भएको सघिय निर्वाचन पछि माओवादी केन्द्रकै वरिष्ठ नेता कृष्णबहादुर महरा २ वर्ष अर्थात २०७६ साल सम्म सभामुख हुनुभयो । कार्यकाल पुरा नभई निलम्बित महरापछि माओवादीकै अग्नी सापकोटाले २०७९ सालसम्म सभामुखको जिम्मेवारी निभाउनुभयो ।

गत मंसिरमा निर्वाचन सम्पन्न भइसकेपछि सरकार गठन र प्रतिनिधिसभाको पहिलो बैठक बसिसकेको छ भने सभामुखको निर्वाचनको मिति समेत तोकिएको छ । संसदको ज्येष्ठ सदस्यले अध्यक्षता गरेको संसद् बैठकले संसद सचिवालयका महासचिवलाई सभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गर्न निर्देशन दिने व्यवस्था छ ।

उक्त निर्देशन पश्चात मात्रै संसद् सचिवालयका महासचिवले सभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गर्नेछ । संवैधानिक व्यवस्था अनुरुप सभामुखको निर्वाचनको दिन प्रतिनिधिसभाकै कुनै सदस्यले अर्को कुनै सदस्यलाई सभामुखको निर्वाचन गरियोस् भनेर प्रस्ताव पेस गर्नेछन् । त्यस्तो प्रस्तावक र समर्थक सदस्यहरुले संसद्मा सम्बोधन गर्नेछन् । र ती प्रस्तावलाई निर्णयार्थ पेस गरिने छ ।

यस्तै सभामुखको लागि एक बढी प्रस्ताव आए दर्ता क्रमअनुसार पालैपालो निर्णयार्थ पेस गरिनेछ । प्रस्तावमाथि निर्णय गर्न बैठकमा मत विभाजन पनि गरिन्छ । त्यसपछि सभामुखको निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ । तर १ मात्र प्रस्ताव आए मत विभाजनको प्रक्रिया सुरु हुँदैन । निर्वाचन सकिएपछि निर्वाचित सभामुखको घोषणा प्रतिनिधिसाका ज्येष्ठ सदस्यले नै गर्नेछन् । निर्वाचित सभामुखले राष्ट्रपतिबाट सपथग्रहण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४