Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रेशम चौधरीलाई रिहा गर्न पूर्वमन्त्री देवले दिए सरकारलाई दबाब


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २९ २०७९
  • 1.9K
    SHARES

काठमाडाैं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौंधरीलगायतलाई तत्काल रिहाई गर्न सरकारलाई दबाब दिनु भएको छ ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले टिकापुर घटना राजनीतिक घटना भएकाले पनि रेशम चौंधरीलगायतका बन्दीहरुलाई तत्काल रिहाई गरेर सरकारले न्याय दिनुपर्ने तर्क गर्नु भयो ।

उहाँले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छेहरु मारिए पनि उनीहरुले न्याय पाएको तर टिकापुर घटनामा परेकाहरुले भने न्याय नपाएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

सांसद देवले संविधानको रक्षा गर्नका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिनु परेको स्पष्टिकरण समेत दिनु भयो । उहाँले संविधानको रक्षा गर्दै सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र जनतामा सेवा प्रवाहको कामलाई सहज बनाउन नसके सरकारलाई दिएको समर्थन आफ्नो पार्टीले फिर्ता लिन सक्ने अडान समेत राख्नु भयो । सांसद देवले सरकारलाई भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरेर अघि बढन सुझाव दिनु भयो ।

सांसद देवले सरकारले कुनै छिमेकीसँग हौसिने र कुनै छिमेकीसँग आशंका पालेर अघि बढन नहुने धारणा समेत राख्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४