Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेश सभाको सभामुख चयन गरिदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २९ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । बागमती प्रदेश सभाको सभामुख पदको निर्वाचन सुरु भएको छ ।

प्रदेश सभाको बैठक आज ११ बजेका लागि बोलाइएको भएपनि सभामुखको निर्वाचन तयारी गर्दा १ घण्टा ढिला बैठक बसेको हो । प्रदेशसभा सचिवालयका अनुसार सभामुख पदको निर्वाचनका लागि प्रदेशसभाको बैठकमा मत विभाजन हुनेछ ।

सत्ता साझेदार दलहरुका तर्फबाट सभामुखका लागि राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सयजुको उम्मेदवारी परेको छ । सभामुखका लागि प्रदेशसभा सचिवालयले बिहीबार बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । राप्रपाका पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन पाठकलाई छ । बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना र नेपाल मजदुर किसान पार्टीका ३ जना सांसद छन् । प्रदेश सभामा कांग्रेस ठूलो पार्टी भएपनि उ सरकार बाहिरै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४