Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २९ २०७९
  • 4.6K
    SHARES

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएकाे छ ।

प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरिएकाे जानकारी गराएकाे हाे ।
शुक्रबार बिहान ११ बजे सभामुखको पुन: निर्वाचन गर्ने गरी बिहिबार बसेकाे बैठक स्थगित गरिएको थियो । बिहिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि शुक्रबार फेरी मतदान हुन लागेको हो ।

बिहिबार भएको निर्वाचनमा ५३ सदस्यीय प्रदेश सभाको मतदानमा ५० जनाले भाग लिएका थिए । यसरी सभामुखमा निर्वाचित हुन २७ मत ल्याउनुपर्छ । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारीले २६ मत र कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए ।

भण्डारीले माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीको कुल २९ मत पाउनुपर्नेमा दुई सांसद अनुपस्थित रहे भने एक मत बदर भएको थियो । रावललाई कांग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४