Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री अधिकारीले पत्र पठाएर कांग्रेससँग मागे विश्वासको मत


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २९ २०७९
  • 3.6K
    SHARES

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि विश्वासको मत मागेका छन् ।

विहिबार एक पत्र पठाउँदै अधिकारीले औपचारिक रुपमै मत मागेका हुन् । ‘म ३३ सांसदको बहुमत समर्थनबाट मुख्यमन्त्रीमा नियुक्त भएको अवगत नै छ,’ पत्रमा उल्लेख गरिएको छ, ‘मलाई विशवासको मत दिनुहुन् सम्पूर्ण सदस्यहरुमा अनुरोध गर्दै प्रश्ताव गरेको छु । उनले सबै दलका नेताहरुलाई पत्र पठाएर विश्वासको मतका लागि समन्वय गरिदिन आग्रह गरेका छन् ।

अधिकारीले पत्र पठाए लगत्तै एमाले प्रमुख सचेतक रोशन गाहा मगरले पनि सबै दलहरूसँग अनौपचारिक भेट गरेका छन् । ‘२०५१ पछि २०७९ साल केन्द्रमा ऐतिहासिक बनेको छ । संघीय व्यवस्थापछि नयाँ नजिर हो । प्रधानमन्त्रीले सबै माननीयको विश्वास पाउनुभएको छ,’ उनले भने, ‘त्यही नजिरलाई प्रदेशमा पनि स्थापित गर्नुपर्छ भनेका छौँ । नेपाली कांग्रेसले निर्णय गरेर जवाफ दिन्छौँ भनेको छ ।

यही विषयमा छलफल गर्न शुक्रबार नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । मगरले नेपाली कांग्रेसले विश्वासको मत दिए प्रतिपक्ष विहीन बजेट बनाउने बताएका छन् । ‘प्रतिपक्ष विहीन बजेट बनाउने छौँ, जनचाहाना पूरा गर्न एकजुट भएर लागौँ भनेको छु,’ उनले भने, ‘मलाई विश्वास छ कि नेपाली  कांग्रेसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सकारात्मक नजिर स्थापित गर्ने छ । नेपाली कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले भने दलमा छलफल नगरी निर्णयमा पुग्न नसकिने बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४