Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश-१ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २९ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । प्रदेश-१ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार विश्वासको मत लिनु हुने भएकाे छ ।

मुख्यमन्त्री कार्कीले शुक्रबार दिउँसो १ बजे विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले बताउनुभएकाे हाे । ६० जना सांसदको समर्थनसहित आइतबार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनु भएकाे थियाे। एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसदको समर्थन रहेकाे छ।

सरकारलाई समर्थन जनाए पनि भागबण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा भने गएको छैन। सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागबण्डा हुँदा प्रदेश-१ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो। तर माओवादी केन्द्र प्रदेश संसदीय दलले प्रदेशको नेतृत्व आधा–आधा कार्यकाल हुनुपर्ने दावी गर्दै सरकारमा सहभागी नभएको हो।

माओवादी सरकारमा सहभागी नभए पनि मुख्यमन्त्री कार्कीले राप्रपा र जसपालाई सरकारमा सहभागी गराएर बहुमत सुरक्षित गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४