Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विना विभागीय मन्त्री बन्न महराले गरे इन्कार


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २८ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणमा ढिलाई भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि शपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरेपछि शपथ ग्रहणमा ढिलाइ भएको हो ।

महराले शपथ नलिने भएपछि बाँकेबाट निर्वाचित कृष्णा केसीलाई शपथका लागि पठाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

महराले अर्थ वा शहरी विकास मन्त्रालयको दाबी गरेका छन् । ‘मन्त्रालयको टुंगो नलागी दलको नेताले विना विभागीय मन्त्रीको सपथ लिँदा राम्रो म्यासेज जाँदैन भनेर कृष्णा केसीलाई पठाउने निर्णय भएको छ’, बरालले भने ।

नेता महरा मुख्यमन्त्रीको दाबेदार थिए । एमालेबाट दलका उपनेता चेतनारायण आचार्यले मन्त्रीको शपथ लिने उक्त पार्टीको संसदीय दलका एक सांसदले बताए ।

माओवादी केन्द्रलाई समेटेर आज सानो आकारको मन्त्रिपरिषद् बनाउने र बाँकी दलहरुसँग छलफल गरेर विस्तार गर्ने मुख्यमन्त्री लिला गिरी निकटका एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४