Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्छ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २७ २०७९
  • 2.1K
    SHARES

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राज्यले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताउनुभएको छ ।

विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्नका लागि यातायात प्राधिकरण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“चिकित्सकको तथ्याङ्क राख्ने मेडिकल काउन्सिल, इन्जिनियरको तथ्याङ्क राख्ने इन्जिनियरिङ काउन्सिल, वकिलको तथ्याङ्क राख्ने बार काउन्सिल भएजस्तै यातायात व्यवसायीको तथ्याङ्क राख्न काउन्सिलसहितको प्राधिकरण आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेता बिडारीले विमानस्थलमा सञ्चालित सवारीसाधनले स्वदेशी तथा विदेशी पर्यटकलाई भरपर्दो सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । “विमानस्थलमा सञ्चालित यातायातले विमानस्थलबाट गन्तव्यस्थलसम्म मात्र होइन, गन्तव्यस्थलबाट विमानस्थलसम्म समेत सेवा दिनुपर्छ”, उहाँले भन्नुभयो ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगत सिंखडाले विमानस्थल क्षेत्रको यातायातलाई व्यवस्थित गर्नसके अन्तर्राष्ट्रियस्तरमा नेपालको सन्देश राम्रो जाने बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले विदेशी पर्यटकको पहिलो नजर विमानस्थल क्षेत्रमा पर्ने भएकाले यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले नेपालमा आउने पर्यटकको पहिलो गन्तव्यस्थल विमानस्थल भएकाले विमानस्थलबाटै पर्यटकलाई राम्रो व्यवहार हुनुपर्ने बताउनुभयो । विमानस्थलमा सञ्चालित सवारी साधनका चालक तथा सहचालकले विदेशी पाहुनालाई राम्रो सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम, नेपाल मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, नेपाल यातायात मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल मजदुर सङ्गठनका अध्यक्ष दीपक केसीलगायतले ट्राफिक प्रहरीले यातायात जरिवाना चर्को लगाउँदा व्यवसायी तथा मजदुरलाई समस्या परेको बताउनुभयो ।

व्यवस्था लिमिटेडका कार्यवाहक अध्यक्ष एवं प्रबन्ध निर्देशक पुरुषोत्तम सिंखडाले स्वदेशी तथा विदेशी पर्यटकको सेवाका लागि स्थापना भएको व्यवस्था लिमिटेडलाई देशको नमूना यातायात क्षेत्रको रुपमा विकास गर्दै लगिएको बताउनुभयो । नेपालमा हवाईमार्ग हुँदै नेपाल आउने र विदेश जाने स्वदेशी तथा विदेशी पर्यटकलाई यातायात सुविधा दिनका लागि २०६६ सालमा स्थापना भएको व्यवस्था लिमिटेडले हाल दुई सय आठ सवारी साधनबाट सेवा प्रदान गर्दैआएको सिंखडाले बताउनुभयो ।

सो अवसरमा उत्कृष्ट तीन चालक, तीन सहचालक र तीन कर्मचारीलाई जनही रु पाँच हजार १०० पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४