Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णालीमा मुख्यमन्त्रीका लागि एमालेको आलोपालोको शर्त


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २७ २०७९
  • 2.4K
    SHARES

काठमाडाैं । नेकपा एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने शर्त अघि सारेको छ ।

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार कर्णाली प्रदेशमा ५ वर्ष नै माओवादीको मुख्यमन्त्री हुने सहमति छ । प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वको निर्णयप्रति नेकपा एमाले कर्णाली प्रदेश सन्तुष्ट छैन ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरु एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका छन् । तर अझै सहमति भने जुट्न सकेको छैन् । प्रदेश सरकारको नेतृत्व एमालेले पनि गर्न पाउनुपर्ने शर्तसहित अघि बढ्ने अडान रहेको एमालेका एक नेताले जन प्रहारलाई बताएका छन्  ।

‘बिहानैदेखि छलफल जारी छ । तर टुंगोमा भने अझै पुगेको छैन् । नेताहरु सहमति नजिक छन् । ४ या साढे ४ बजेसम्म हस्ताक्षेर सहित दाबी पेश गर्न जान्छौं’, माओवादीका एक सांसदले भने । प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका छन् ।

माओवादी केन्द्रका नेताहरूका अनुसार एमालेसँग संवाद गरेर सहमित जुटाइ निर्धारित समयभित्रै दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४