Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको प्रतिवाद गर्दै माधव नेपाल : जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाइँदैन, ख्याल होस्


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २६ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्रीलाई सोधेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिंदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले कसैको लहडको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई उनले संसद विघटन गर्न पाइन्छ भनेको सुनेको भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘यो मान्यता यो गठबन्धनको हो ? यदि यो हो भने खतरनाक संकेत दिन्छ ।’

ओलीले बेलायत, भारत, जापानका पनि संसद विघटन हुने गरेको र २०५९ सालमा शेरबहादुर देउवाले पनि संसद विघटन गरेको उल्लेख गरेका थिए । त्यसमा अध्यक्ष नेपालले प्रश्न गरे, ‘के यो ब्रिटेन हो ? के यो भारत हो ? के यो पुरानो नेपाल हो ? के यो २०५१ सालको सरकार हो ? के यो २०५८ सालको शेरबहादुर देउवाको समयको सरकार हो ? होइन ।

२०७२ को संविधान बनाउने क्रममा विगतको अनुभवका आधारमा शासकीय प्रणालीमा धेरै सुधार गरेको र विगतका त्रुटिहरु नदोहोर्‍याउने प्रतिबद्धता गरेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीले जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाउँदैन, ख्याल होस् । त्यो काम गरेर प्रतिगमनको कदम चालिएको हो, त्यो फेरि नहोस् ।’

गठबन्धनले विगतको गल्तीबाट शिक्षा लिएको होला, आत्मालोचना पनि गरिसकेको होला भन्ने लागेको, तर संसदमा गर्जिएको देख्दा अचम्म लागेको उनले सुनाए ।

प्रधानमन्त्रीलाई अफूखुसी संसद विघटन गर्ने अधिकार संविधानले नदिएको र सर्वोच्च अदालतले पनि व्याख्या गरिसकेको भन्दै अध्यक्ष नेपालले त्यस्तो गोलचक्करमा नफस्न आग्रह समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४