Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

०५१ सालमा प्रतिपक्षी कांग्रेसले दिएको थियो मनमोहनलाई विश्वासको मत


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २६ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे कांग्रेसभित्र एक मत हुन सकेको छैन । संस्थापन पक्ष प्रचण्डलाई विश्वासको मत दिनुपर्ने पक्षमा र महामन्त्री गगन कुमार थापासहितका कोइराला पक्षका नेताहरु भने दिन नहुने पक्षमा रहेका समाचार सार्वजनिक भइरहेका छन् ।

तर २०५१ सालको नजीरलाई हेर्ने हो भने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारलाई कांग्रेसले विश्वासको मत दिएको थियो । एमालेका अधिकारीले प्रतिनिधि सभामा उपस्थित सबै सांसदहरुबाट विश्वासको मत पाएका थिए ।

प्रतिनिधि सभाका २०२ जना सांसदहरुमध्ये १९८ जना संसद बैठकमा उपस्थित थिए । तीमध्ये कांग्रेसका रामचन्द्र पौडेल सभामुख भएकाले मतदान गरेनन् भने कांग्रेसका महन्थ ठाकुर, बलबहादुर केसी र बज्रकिशोर सिंह अनुपस्थित थिए । अरु सबैले अधिकारीलाई विश्वासको मत दिएका थिए ।

एमाले सांसद राजेन्द्र पाण्डेका अनुसार विश्वासको मतमा सबैभन्दा पहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तर्फबाट गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए ।

अहिले माओवादी अध्यक्ष प्रचण्ड पनि कांग्रेसका सांसदबाट समेत विश्वासको मत लिने प्रयासमा छन् । यसबारे उनले सभापति शेरबहादुर देउवालगायतसँग छलफल गर्दै आएका छन् ।

सोमबार साँझमात्रै प्रचण्ड देउवा निवास धुम्बाराही पुगेर विश्वासको मत दिन आग्रह गरेका थिए । देउवाले भने पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएको देउवा निकट कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिएका हुन् । प्रचण्डले देउवालाई भेट्नु अघि देउवाले आफू निकट नेताहरुसँग त्यसबारे परामर्श गरेका थिए ।

कांग्रेसका नेता डा. शेखर कोइराला, महामन्त्री गगन कुमार थापा, विश्वास प्रकाश शर्मा भने सरकारलाई विश्वासको दिन नहुने र जिम्मेवार प्रतिपक्षको भूमिकामा रहनुपर्ने पक्षमा रहेका छन् । तर देउवा भने प्रचण्डलाई विश्वासको मत दिन सकारात्मक रहेको अनुमान उनकै पार्टीका कतिपय नेताहरुले गरेका छन् । सोमबार संसद अधिवेशनको पहिलो बैठकमा सम्बोधनको क्रममा देउवा शालीन ढंगले प्रस्तुत हुनुलाई पनि त्यसैको संकेतको रुपमा लिन सकिने एक नेताले जन प्रहारलाई बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४