Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनी सरकारमा एमालेले दाबी पेश गर्दै, लिला गिरी बन्नेछन् मुख्यमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २६ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । नेकपा एमालेका नेता लिला गिरी आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ ।

प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । तर त्यसको एक दिन अगाडि नै गिरीले माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेका हुन् ।

सोमबार सत्तासाझेदार दलहरूको देउखुरीमा बसेको बैठकले मंगलबार बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज ४ बजेसम्म प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गरिने एमाले संसदीय दलका नेता लिला गिरीले बताएका छन् । उनले सत्तासाझेदार दलहरु र स्वतन्त्र २ जना सहित ५५ जना सांसदको समर्थनमा दाबी पेश गर्न लागेकाे जन प्रहारलाई  बताएका छन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व पाँच वर्ष नै नेकपा एमालेले लिनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तिमा ४४ सांसदको समर्थन चाहिन्छ ।

सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०, राप्रपाका ४ तथा जसपा र जनमत पार्टीका ३/३ जना सांसद छन् ।

यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ तथा स्वतन्त्रबाट निर्वाचित २ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४