Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्डले आज संसदमा विश्वासको मत लिने ‘कांग्रेस बाहेकका सबै दल विश्वासको मत दिन तयार’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २६ २०७९
  • 5.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संसदमा विश्वासको मत लिने हुनुभएको छ ।

मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नु भएको हो ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा यही पुस १० प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् ।

प्रचण्ड सरकारमा सहभागी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, तथा सरकारमा जाने तयारीमा रहेको राप्रपालगायतका दलहरुले विश्वासको मत दिने पक्का छ ।

यस्तै प्रधानमन्त्री बनाउन समर्थन दिएका जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने छन् । नेकपा (एकीकृत समाजवादी) र केही स्वतन्त्र सांसदहरुले पनि विश्वासको मत दिने सम्भावना छ ।

प्रचण्डले भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग समेत विश्वासको मत माग्नुभएको छ । कांग्रेसले निर्णय गरिसकेको छैन ।

२७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४